आत्महत्या समाजकै लागी चुनौती,रोक्नको लागी फेसबुकको पहल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार ०८:०५

एजेन्सी । पछिल्लो समय आत्महत्या समाजकै लागी एउटा चुनौती बनीरहेका बेला फेसबुकले यसलाई रोक्नको लागी पहलको सुरुवात गर्ने जनाएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले एक खुल्ला पत्र लेख्दै फेसबुकले एउटा यस्तो सफ्टवेयरको निर्माण गर्न लागेको जनाउ दिँदै भनेका छन् एल्गोरिदम अर्थात् गणितीय प्रोग्राम बनाइँदैछ जसले आत्महत्या रोक्न समेत सहयोग गर्न सक्नेछ ।

५५ सय पेजको आफ्नो पत्रमा जुकरबर्गले फेसबुकको भविष्यका बारेमा चर्चा समेत गरेका छन् ।

फेसबुकको योजनालाई साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरुले स्वागत गरेका छन् ।

पत्रमा जुकरबर्गले भनेका छन् ‘अहिले एउटा यस्तो प्रणाली बनाउने कोसिस भैरहेको छ जसले टेक्स्ट पढ्न सक्नेछ र तस्वीर तथा भिडियो देख्न सक्नेछ, बुझ्न सक्नेछ र कतै खतरनाक घटना त हुँदै छैन रु

भन्ने कुरा थाहा पाउन सक्नेछ । ‘ यही सुत्रले आत्महत्या लगायतका संभावित दुर्घटना पूर्व नै सूचना बाहिर जाने र त्यसको पक्षमा न्यूनिकरण गर्न सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१