लिभिङ टुगेदर बिग्रिए बलात्कारको आरोप !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार ०७:४०

काठमाडौं । गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन)  करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ- इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो ।

बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्विकार गरे ।

आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो ।

बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन् । केन्द्रले समस्या समाधानका लागि पहल गरेपनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन् ।

बलात्कारको आरोप लगाएपनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो । अनिताको पनि गल्ती देखियो । त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा गर्यो ।

सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भएपनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१