क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा कार्की पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार ०७:३५

काठमाडौँ, ९  फागुन  । काठमाडौँ बुढानीलकण्ठका ६० वर्षीय मदनबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  पक्राउ गरेको छ ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका कार्की लामो समयदेखि फरार रहेका थिए ।

राष्ट्र बैंकले दिएको जाहेरीमा पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीले रु सात करोड ६४ लाख तीन हजार २४४ रकम हिनामिना गरेको ठहर गर्दै तीन वर्ष कैद र त्यति नै रकम जरिवाना सुनाएको थियो ।

हालसम्ममा सिआइबीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुणकुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरणकेशर नेपाललाई फक्राउ गरेर अदालतमा बुझाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१