सानै उमेरमा स्कुलबाटै भागेर बिहे गर्ने प्रवृत्ति बढ्दो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७३, आईतवार ०६:५६

ललितपुर । ललितपुर क्षेत्रमा सानै उमेरमा स्कुलबाटै भागेर बिहे गर्ने प्रवृत्ति बढदै गएको पाइएको छ । अल्लारे र लहलहैमा लागेर १२ देखि १९ वर्षसम्मका अधिकांश किशोरकिशोरीले अभिभावकको सल्लाहबिनै भागेर बिहे गर्ने प्रचलन बढिरहेको गिम्दीको नारायणी उच्च माविका प्रधानाध्यापक अर्जुन पौडेलले बताए । हामीले यो खबर कान्तिपुर बाट लिगेका हौ ।

गिम्दीकी सुनिता तामाङले १५ वर्षको उमेरमा स्कुलबाटै भागेर विवाह गरिन् । प्रेमी र आफु एउटै कक्षामा पढ्ने गरेको उनले बताइन् । अहिले उनको काखमा २ वर्षको छोरा छ । विवाहपछि पढाइ छुटेको उनले बताइन् । ‘उस बेलामा खै के भएर बिहे गरियो, अहिले पछुतो लागेको छ’ उनले भनिन्,‘ माइतीले पनि स्विकारेका छैनन्, घरमा हेलाँ गर्छन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१