खुट्टा गन्हाएर हैरान हुनुभएको छ ? यी उपाय अपनाउनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७३, आईतवार ०६:२२

खुट्टाको स्याहार

जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना साना चिराहरु दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ ।

खाने सोडाको प्रयोग

यो समस्या देखापरेपछि खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ ।

मरेको छाला हटाउने

यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनु पर्छ । किन भने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ ।

जुत्ता ओभानोरसुख्खा पारेर लाउने

यस्तो समस्या पर्ने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पलरस्लीपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बान्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।

सूतीको मोजाको प्रयोग

मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकि त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् ।

खुट्टा सुख्खा राख्ने

हिलो उछि«न नदिन र निको पार्न खुट्टा सुख्खा राख्नु अनिवार्य र मुख्य उपाय हो । नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ ।

चप्पलको प्रयोग

स्वीमिगं पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।

– स्वास्थ्य खबर पत्रिकाबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०