यी हुन् संसारका सबैभन्दा हानिकारक आहारा हेर्नुस ..

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७३, शनिबार ०८:३९

हामीहरु हरेक दिन उठ्दा बस्दा यस्ता हजारौँ हानिकारक खानेकुराहरु खाने गर्दछौँ जसले हाम्रो शरिरमा हानीकारक प्रभाव पार्ने गर्दछ । यहाँ हामी यस्ता खानेकुराहरुको बारेमा कुरा गर्दै छौँ जुन संसारको सबैभन्दा बढि हानिकारक खाद्य पदार्थ हुन् ।
१. जमाइएको खानेकुराः
कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा ताताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।
२. तारेका खानेकुराः
बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।
३. प्याक गरिएका चिप्सः
यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् ।
४. सोडाः
सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँदछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्दछ ।
५. बर्गरः
धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्दछ । यसमा प्रशस्त मात्रामा नुुनको प्रयोग गरिएको हुन्छ भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।
६. फ्रेन्च फ्राईः
फ्रेन्च फ्राईमा नुुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।
७. माइक्रोवेभ पपकर्नः
यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ ।
८. नुनले भरिएको स्न्याक्सः
यस्ता स्न्याक्सले तपाईंलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ ।
९. सेतो चामलः
सेतो चामलबाट टाढै बस्नुहोस् । यसमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ ।
१०. कृत्रिम स्वादः
यस्ता कृत्रिम स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईंको स्वास्थ्यलाई बिगार्ने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१