राजधानीमै ‘अन्धविश्वास’को व्यापार, बरामद पन्जा वनमान्छेको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७३, शुक्रबार २०:५०

काठमाडौं । चितवनका ५० वर्षीय कालु गुरुङ र ३३ वर्षीय इन्दु गुरुङ दम्पती हुन्। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका यी दुई कसुर अन्य घटनाभन्दा फरक छ। गुरुङ दम्पतीबाट बरामद सामग्री पनि प्रहरीकै लागि अचम्मको वस्तु भएको छ।

महाशाखाले गुरुङ दम्पतीबाट बरामद गरेको वस्तु मान्छेको हातको पन्जाजस्तो छ। अबिर र सिन्दुर पोतिएको, सुरक्षित तरिकाले पहेंलो कपडामा बेरिएको उक्त पन्जा लाखौंमा बेच्ने योजना र ग्राहककै खोजीका क्रममा गुरुङ दम्पतीलाई प्रहरीले पक्राउ गर्‍यो।

घटना अनुसन्धान गरिरहेका प्रहरी अधिकारीले गुरुङदम्पतीले बरामद पन्जा वनमान्छेको दाबी गरेका छन्। यस्तो पन्जा आफूसँग राख्ने व्यक्तिले जुवा नहार्ने अन्धविश्वासका कारण निकै ठूलो धनराशिमा खरिदबिक्री हुने गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१