मह खादाँ ध्यान पुरयाऊँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७३, शुक्रबार १३:३९

कैलासबावु श्रेष्ठ/गोरखा ।
कार्तिक २० गते । नामै मह, नामै काफी भएको यो अमृत समानको मह खान जान्नेहरुका लागि त अमृत होला तर खान नजान्नेहरुले जथाभावी खादाँ भने बिष बराबर हुने गर्दछ ।timthumb
हाम्रो गाउँ घरमा सहजै पाउन सकिने यो अमृतको धेरै कथन छ । गुलियोमा पनि साहै स्वादिलो गुलियो मानिने र पोषकमा पनि उच्च स्तरको पोषक मानिने यो बस्तुलाई धेरैले जानेर नजानेर खाने गर्दछ ।
महको सहि प्रयोगले मानिसलाई शरिरमा स्फुर्तीका साथै शारिरीक सुगठनमा सहयोग गर्दछ भने यसको सही प्रयोग गर्न नसक्दा शरिरलाई बेफाइदा मात्र गर्दछ । यौन क्षमतामा समेत प्रभावकारी मानिएको यो बस्तु शरिरको तौल घटाउन र बढाउन समेत प्रयोग गरीन्छ ।09102016084957maulri-1000x0
honey-bee-rofघर, बन र भिरमा गरी पाइने यो महले नियमीत सेवन गर्दा स्मरण शक्तिमा समेत क्षमता बृद्वि हुने गर्दछ । उता महले खोकी तथा कब्जियत जस्तो रोग समेत निको हुने गर्दछ । त्यस्तै गरी मह अल्सर भएकाहरुका लागि समेत गुणकारी मानिन्छ ।
महले थकान कम गर्दछ । यदी तपाई गर्मीको बेला मह खान चाहनु हुन्छ भने तातोपानी, दही, चिनी र कफी खानु राम्रो मानिदैन । दैनिक एक देखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु शरिरको लागि अत्यन्तै राम्रो मान्निछ ।maxresdefault

मह खादाका के फाइदा हुन्छ ?
१) अदुवाको रसमा मह मिसाएर खानाले खोंकि सञ्चो हुन्छ ।
२) पाकेको आँपको रसमा मह मिसाएर खानाले जोण्डीसको रोगिलाई लाभदाई हुन्छ
३) तपाईलाई भोमिट भयो भने पतेनाको रसमा मह मिसाएर खाए लाभकारी हुन्छ ।
४) यदी तपाईका छाला शुख्खा छ भने महमा दूधको तर र बेसन मिसाएर लगाउनाले फाइदा हुन्छ ।
५) एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६) मह नित्य सेवनले निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७) प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ । साथै आंतमा जमेको विजातीय द्रव्यहरु हटाएउन मर्दत गर्छ ।
८) हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
९) पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सरमा महलाई दूधको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०) सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११) महले मांसपेशिहरु बलवती हुन्छ ।
१२) बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३) अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास प्रश्वासका समस्या भएकाहरुलाई फाइदा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४) सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई चम्चा मह फीटेर तयार गरेर छालामा दल्नाले फाइदा हुन्छ ।
१५) कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खानाले लाभ हुन्छ ।
१६) अम्बा र अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ ।
१७) मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खादाँ मोटो पना नियन्त्रण गर्न सकिन्छ ।

धेरै फाइदा रहेको महको बेफादा पनि त्यस्तै छ तर यसलाई सही रुपमा प्रयोग गरीयो भने बेफादा भन्दा फाइदा बढी लिन सकिने आयुवैद्य बिज्ञहरुको भनाई रहेको छ । त्यसो भए के गर्दा महले बेफादा गर्छ त ?honey-bee-640x517

महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी
१) मह संग कहिल्यै माछा, मास खानु हुदैन । यसरी संगै खादा बिष खाए बरावर नै हुन्छ ।
२) महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक मान्निछ ।
३) चिया र कफी संग कहिल्यै मह सेवन गनु हुन्न ।
४) महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
५) घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
६) चिनीमा मह मिसाउनु विष सरह नै मान्निछ ।
७) तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
८) निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
९) अत्याधिक महको उपभोग पनि हानिकारक मान्निछ ।
१०) मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु राम्रो होइन ।
११) एकै पटक धेरै मह सेवन गर्न पनि हानिकार मान्निछ ।
१२) दिनमा २ देखी ३ चम्चा सम्म मह खानु राम्रो हो । यदी बच्चा बच्चीहरुको लागि हो भने २५ ग्राम र ठुला ब्यक्तिले ५० ग्रामसम्म मह सेवन गर्नु राम्रो हो ।
१३) ज्वरो आएको समयमा महका साथै दूध र घिऊ सेवन विष समान हो ।
१४) कोही कसैले बिष खाएको बेला मह सेवन गरयो भने झनै बिषको प्रभाव बढेर मानिसको मृन्यु हुने गर्दछ ।

bee-keeping_24195मौरीले समयानुकुल विभिन्न वनस्पतिको परागबाट मह बनाउने गर्दछ । त्यसैले वनस्पति अनुसार महको औषधिय गुण पनि अलग अलग हुने गर्दछ ।
जस्तैकी, नीमको फुलबाट मौरीले बनाएको मह आँखाका लागि उपयुक्त मान्निछ भने जामुनको फुलबाट मौरीले बनाएको महले मधुमेह, हृदयघात, उक्त रक्तचाप रोगको लागि फाइदाजनक हुने गर्दछ ।
वसन्त ऋतुमा पाइने वनस्पतिको फुलबाट बनेको मह सर्वोत्कृष्ट मानिदै आएको छ । शहर वा घर आँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबै भन्दा उपयुत्त मान्निछ । 
honey-bee-close-up
यदी तपाइले मह खाँदै गर्दा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाएको खण्डमा पनि शरिरलाई आराम मिल्छ भने एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्ने गर्दछ ।
मह फाईदा बेफाईदा दुवै, त्यसैले मह खादा बुद्वि पुरयाऊँनु जरुरी छ ।bee-farming-nepal

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०