साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७३, शुक्रबार ०५:२५

काठमाडौँ, ६ फागुन ।  सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको हो । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिनुभयो ।
राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।

भोजपुरकी राई किशोर उमेरमा सशस्त्र युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै ‘पिएलए स्पोर्टस क्लब’ देखि खेल जीवन सुरु गर्नुभएकी राईलाई अयोग्य लडाकु घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१