अनेसास गण्डकीमा प्रथम स्थापना दिवसको भब्य तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार २०:३०

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले प्रथम स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ । समितिले विभिन्न स्रष्टालाई अभिनन्दन तथा सम्मान, नयाँ आजीवन सदस्यता वितरण, विशेष रचनावाचन र संस्थाको वेवसाइट शुभारम्भसहित यही फागुन ७ गते पहिलो स्थापना दिवस मनाउन लागेको हो । उक्त समारोह सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । समारोहलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समितिका केन्द्रीय संरक्षक तीर्थराज अधिकारी, केन्द्रीय समितिका वरिष्ठ उपाध्याक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका विभिन्न पदाधिकारीलगायतका वरिष्ठ साहित्यकार, संस्कृतिकर्मीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक कृष्ण सारथिले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१