जुम्लामा गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार १८:२९

जुम्ला। जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिनुभयो ।

नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को स्वराज नामक सो गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएकोे थियो । सामान बोकेको उक्त गाडीमा तीन पुरुष र एक महिला गरी चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव स्वास्थ्य परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइने तयारी भइरहेको जिप्रका जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१