जय जय नेपालको भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार १३:२५
काठमाडौँ । गीतकार आलोक चाम्लिगं राईको गीत जय जय नेपाल को भिडियो सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय राईका राष्ट्रिय भावनाले ओतप्रोत शृजनामा गायक सिडी बिजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ ।
पछिल्लो समयका ब्यस्त अनि चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेको भिडियोमा सिर्जन बरालको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । राजिव सिंहले एरेन्ज गरेको गीतको अडियो सिडिएम म्यूजिक क्रियशनले तयार गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१