रोनाल्डो पहिलो हाफमा गोल गर्नबाट चुके

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार ०६:२३

क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा गोल गर्नबाट चुकेपछि च्याम्पियन्स लिगको अन्तिम १६ को घरेलु खेलमा रियल म्याड्रिड भ्रमणकारी इटालियन क्लब नेपोलीसँग पहिलो हाफमा स्पष्ट गोलको अग्रता लिनबाट चुकेको छ।

खेल सुरु भएको ८ मिनेटमा नेपोलीका लागि लोरेन्जो इन्सेग्नेले ३५ यार्ड टाढाबाट अप्रत्यासित रुपमा गोल गर्दै म्याड्रिडलाई दबाबमा राख्ने प्रयास गरेका थिए। तर, त्यसको ११ मिनेटपछि कार्भाजेलको क्रसपासमा करिम बेन्जेमाले गोल गर्दै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याए।

रोनाल्डो पहिलो हाफमा गोल गर्नबाट चुकेका थिए। ४२ मिनेटमा रोनाल्डोको क्रस पासमा बेन्जेमा पुनः गोल गर्नबाट चुकेपछि म्याड्रिडको पहिलो हाफमा अग्रता लिने योजना भताभूङ भयो। बेन्जेमाले हानेको बल नेपोलीको गोलपोस्टलाई छुदै बाहिरिएको थियो। यस्तै, २७ मिनेटमा रोनाल्डोले नेपोलीका गोलरक्षकसँग ‘वान भर्सेस वान’ को स्थितिमा डिबक्स भित्र बल पाएका थिए। तर, उनले हानेको कडा बल प्रहार गोल पोस्टभन्दा निकै माथिबाट बाहिरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१