यी हुन् व्यावसायिक कुखुरा पालन गर्दा भुल्न नहुने कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७३, बुधबार १६:०८

नेपालमा अहिले कुखुरा पालन व्यवसाय फस्टाइरहेको छ । बेला बेलामा बर्ड फ्लु तर्साएपनि किसानहरु व्यवसायबाट हच्चिएका छैनन् । वर्ड फ्लुको हल्ला ताका व्यवसायमा केही असर परेपनि पछि स्थिति सामान्यमा आएपछि व्यवसाय भएपनि राम्रैसँग चल्ने गरेको व्यवसायीहरुले बताएका छन् ।

कुनै एउटा निश्चित सिजनमा कुखुरा पालन गरेर यो व्यवसायबाट खुदमुनाफा लिन नसकिने वरिष्ठ पशु चिकित्सक उमेश दाहालले सेतोपाटीलाई बताए । उनले कुखुरा पालन व्यवसायमा धैर्य र मेहनत आवश्यक भएको बताए ।

कतिपय व्यवसायीहरुले पहिलो लटमा नै नाफा भएमा व्यवसायलाई निरन्तर दिने र घाटा भएमा व्यवसाय नै छोडने गरेका दाहालले बताए। कतिपय व्यवसायीहरुले भने कुखुरा पालन गर्दा सामान्य जानकारी र औषधीको प्रयोग गर्ने विधि नजान्दा पनि व्यवसाय तलतिर झर्ने गरेको उनले सुनाए ।

अहिले नेपालका व्यवसायीक रुपमा गरिएको कुखुरा पालनका लागि आवश्यक ब्रोइलर चल्ला भने केही रुपमा नेपालमा नै उत्पादन भईरहेको छ। तर लेस कुखुराको प्यारेन्टस अझै पनि पुरै रुपमा अन्य देशसँग निर्भर रहनु पर्ने बाध्यता रहेको दाहालले बताए। कुखुरा पालन गर्दा व्यवसायीहरुले प्रयोग गर्ने प्राय जसो औषधिले भने मानव शरीरमा खासै असर नपर्ने र एन्टिबायोटिकको प्रयोग गरिरहेकै समयमा तत्काल बजारमा ल्याउने हो भने यसले मानव शरीरमा असर पुर्‍याउने डा. दाहालले बताए।

उनले भने कुखुरा पालन गर्दा व्यवसायीहरुले कुखुरामा कुनै प्रकारको रोगले सङक्रमण नगरोस भनी भ्याक्सिन र उत्पादन बढाउनका लागि भिटामिनहरुको प्रयोग गर्छन। भूकम्पले अहिले हजारौं कुखुराको खोर नष्ट भएका छन, लाखौं अण्डा क्षति भएका छन र लाखौंको सङ्ख्यामा चल्लाको क्षति भएको पशु निर्देशनालयले जनाएको छ।

सामान्यत बजारमा कुखुराको मासु साउन र माघमा बढी घट्ने गरेको छ। तर अरु महिनामा पनि सामान्यत कुखुराको मासुमा मूल्यमा तलमाथी भईरहेको पनि छ। जव बजारमा माग भए जति कुखुरा व्यवसायीहरुले उपलब्ध गराउन नसक्दा मासुको मूल्य बढने र माग भन्दा बढी बजारमा आउदा मूल्य घट्ने गरेको  कुखुरा व्यवसायीहरुले बताए।

डा. उमेश दाहालका अनुसार कुखुरा व्यवसायीहरुले कुखुरा पालन गर्दा सङक्रमण रोगहरुको महामारी नलागोस भनी प्रयोग गरीने भ्याक्सिन, औषधि र भिटामिनको प्रयोग विधिबारे जानकारी लिनै पर्छ ।

प्रयोग गर्ने तरिका र औषधी, भ्याक्सिन र भिटामिनहरु

१.  शुन्य दिनदेखि ५ दिन सम्म चल्लालाई इलोक्ट्रोलाइट, गुल्कोज र भिटामिनको प्रगोग गर्ने

२. ५ देखि ७ दिन सम्मका चल्लालाई रानीखेत विरुद्धको एफ १ भ्याक्सिन आँखामा १ थोपा दिने।

३ यदि यो समयमा चल्लाको मूत्युदर बढी भएमा एन्टिबायोटी पनि दिन सकिन्छ। एन्टिभाईटी प्रयोग गरेको समयमानै तत्काल मासु प्रयोगमा ल्याउदा भने मानव शरीरमा असर पु¥याउँछ।

४. ८ देखि १० दिनको समयमा लिच्ची रोग बिरुद्धको लाई ०.२ एमएमको भ्याक्सिन सुई घाँटीको छालामुनी दिने।

५. १२ देखि १४ दिनको बिचमा गमबोरो बिरुद्धको भ्याक्सिन आखाँमा दिने।

६. १९ देखि २१ दिनकोबिचमा गमबोरो विरुद्धकै भ्याक्सिन पानीमा मिलाएर दिने।

७. २५ देखि २८ दिनको बिचमा रानीखेत विरुद्धको लासोटो भ्याक्सिन पानिमा दिने। तर पानीको माध्यमबाट भ्याक्सिन दिदाँ पानी सफा गर्न भनी पानीमा भने कुनै प्रकारको औषधी प्रयोग नगर्ने।

८ २५ दिन देखिबाट भने भिटामिनको प्रयोग गर्न सक्निे र भिटामिन ५ देखि १० एमएल १ हजार कुखुराको लाई दिन सकिन्छ।

यी औषधि र भ्याक्सिनको प्रयोगले कुखुरामा लाग्ने रोग सिआर डी( स्वासनलीको रोय), आई बी( उत्पादन घटाउने र घाटीमा खसखस हुने), हैजा, कोराइजा( ठाउँको सुनिने), दुषित पानीको प्रयोगले आउनसक्ने रोगहरु( तौल नबढ्ने, ज्वरो आउनु र विभिन्न रङमा छेर्ने) जस्ता रोगको प्रयोग गरेका औषधि र भ्याक्सिनले मानव शरीरमा खासै असर भने नगर्ने दाहालले बताए।

व्यवसायीहरुले कुखुरा पालनकोलाई खोर कस्तो बनाउने त?

१ पुर्व पश्चिम मोड फर्केको जमिन

२. लम्बाई आवश्यकता अनुसार सयदेखि १ सय ५० मिटर सम्म र चौडाई भने ३० फिटको हाराहारीमा निमार्ण गर्ने ।

३. दुई पाखे खोर छ भने मध्य बिन्दुको धुरी खम्बाको उचाई १३ देखि १५ फिट बनाउने र छेउछाउको उचाई भने ७ देखि ९ फिट सम्मको बनाउने।

४. जमिनको सतहलाई डेढ फिट देखि २ फिट सम्म उठाउने र लामो खोर छ भने बिच बिचमा पाटेसन गर्ने।

५. एक वयस्क बोईलर कुखुरकोलाई एक वर्ग फिट आवश्य पर्ने हुदाँ सोहि अनुरुप निमार्ण गर्ने र ५० कुखुरा बराबर एउटा पानीको भाडा राख्ने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१