दैनिक २२ घण्टा सुत्दै आएकी अचम्मकी युवती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७३, बुधबार ०७:२४

बेलायतकी २२ वर्षीया बेथ गोडियर अचम्मकी युवती हुन् । उनी १७ वर्षको उमेरदेखि दैनिक २२ घण्टा सुत्दै आएकी छिन् । बाँकी रहेको दुई घण्टा पनि उनी अर्धनिद्रामै हुन्छिन् र यही बेलामा हिँड्डुल गर्ने, खाना खाने लगायतका काम गर्छिन् ।

उनलाई यो अचम्मको रोग लागेको छ । र कुनै समय त उनी ६ महिनासम्म यसरी नै सुतेर बिताउँछन् । उनको यो अचम्मको व्यवहारलाई एउटा डकुमेन्ट्रीमा ‘स्लिपिङ ब्युटी’ उपनाम पनि दिइएको छ ।

खासमा केलिन–लिभिन नामक रोगले ग्रस्त व्यक्तिहरू अत्यधिक निदाउने चिकित्सकहरुको भनाई छ । र यी युवतीलाई पनि यही रोग लागेको छ ।

अहिले बेलायतमा यो रोग लागेर कुम्भकर्ण निद्रामा जाने व्यक्तिहरूको संख्या १ सयको हाराहारीमा छ । उनलाई हिँड्डुल गर्दा निकै थकाइ लाग्ने बुझिएको छ । – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१