जब आफ्नै पिताले आपत्तिजनक अवस्था भेटे सन्नीलाई ….

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७३, बुधबार ०७:०५

एजेन्सी । अस्लिल फिल्मलाई बिदा गरेर बलिउडमा कदम राखेकी अभिनेत्री सन्नी लियोनले एक पटक फेरि आफ्नो विगत कोट्याएकी छिन् । उनले युट्युवमा ‘हनी चवन’ नामक च्यानललाई अन्तवार्ता दिने क्रममा एक पटक उनका बुबाले सन्नी र एक युवकलाई रंगेहात पक्रेको बताएकी छिन् ।

जब सन्नी १८ बर्षर्की थिइन्, त्यही बेला उनको पहिलो पटक मन टुटेको थियो, जतिबेला उनको परिवार मिशिगनदेखि क्यालिफोर्निया सरेको थियो । सन्नीका अनुसार, मिशिगनमा उनी एक युवकलाई डेट गर्थिन् । सन्नीले भनिन्, ‘ति युवकले मलाई यति मन पराउँथे कि दिन–दिनै प्रेम पत्र लेख्थे र सबे कुरा ठिक चलिरहेकै थियो, म उनको साथमा खुशी थिए । हामीले रोमियो र जुलियट सिरियल हेरेपछि पहिलो पटक किस गरेका थियौँ । तर, जब मलाई घर छोडेर जाँदैछौ भन्ने थाहा भयो, मेरो मन दुख्यो र त्यस दिन निक्कै रोएकी थिए ।’

उनले भनिन्, ‘उसलाई बास्केटबल खेल्न खुब मन पर्थ्यो । उनी राम्रा र सेक्सी थिए, तर मेरो परिवारलाई मन परेको थिएन । एक पटक हामी सँगै थियौ । ठूलो हलको एक कुनामा हामी बसेका थियौँ । म उसको काखमा बसेकी थिए, हामी विस्तारै नजिकिदै थियौँ । अचानक बुबा आइपुग्नु भयो र मलाई गाली गर्न थाल्नुभयो । म जुन स्थितिमा थिए, त्यही स्थितिमा बुबा मेरोअगाडि भएको देखेर म निकै डराएकी थिए । त्यो मेरो जीवनको सबैभन्दा खराब क्षण थियो, किनकि मेरो बुबाले हामी दुवैलाई आपत्तिजनक अवस्थामा देख्नुभएको थियो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१