दियालो इन्टरनेशनल, क्यानडा , नहुँदा संस्था नेपाल र सामुदायिक कल्याण केन्द्रको आयोजनामा शैक्षिक सामग्री वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७३, मंगलवार ०८:४२

नुवाकोट ।  नुवाकोटको सूर्यमती – ६ मालाकोटस्थित श्री गणेश सूर्य प्राथमिक विद्यालयका विद्यार्थीलाई सामुदायिक कल्याण केन्द्रले शैक्षिक सामग्री वितरण गरेको छ।
दियालो इन्टरनेशनल, क्यानडा र नहुँदा संस्था नेपालको सहयोगमा सामुदायिक कल्याण केन्द्रले १ सय १ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्री कार्यक्रममा कृषि विकास बैंकका सञ्चालक तथा युवा नेता रमेशकुमार महत, दियालो इन्टरनेशनल क्यानडाका फाउण्डर मुक्ति सुवेदी, नहुँदा संस्था नेपालका सदस्य सचिव रमिला श्रेष्ठ, नहुँदा संस्था नेपालका व्यवस्थापक राधा ज्ञवाली लगायतको बाक्लो उपस्थित थियो।
कार्यक्रमका प्रमुख अतिथि रहेका महतले विद्यालय भवन निमार्णको लागि आफुले  पूर्ण रुपमा सहयोग गर्ने बताए। उनले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन आवश्यक सहयोग गर्न सधै तयार रहेको बताए।
यता, दियालो इन्टरनेशनलका फाउण्डर मुक्ति सुवेदीले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै थप सहयोगका लागि पनि संस्था तयार रहेको धारणा राखे। त्यस्तै नहुँदा संस्था नेपालका सदस्य सचिव रमिला श्रेष्ठले सबै संस्थाको सहकार्यमा वितरण गरीएको शैक्षिक सामग्रीले विद्यार्थीको उज्जल भविष्य निमार्णमा सहयोग पुग्ने अपेक्षा गरेको बताईन । सानो सुरुवात भएको र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने प्रतिवद्धता जानाईन।
नुवाकोटको सदरमुकाम विदुर नजिकै रहेर पनि श्री गणेश सूर्य प्राथमिक विद्यालय पिछडिएको रुपमा रहेको छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१