बाबुरामदेखि केपीसम्मले गरे प्रेमपछि अन्तरजातीय विवाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७३, सोमबार ०८:१६
काठमाडौँ । नेपाली समाजमा अन्तरजातीय विवाह आफैँमा संघर्ष हो । दलित र गैरदलितबीचको विवाहलाई कानुनले बन्देज नलगाए पनि समाजले यसलाई सहर्ष स्विकार्न सकेको छैन । तैपनि जातीय विभेदको सामाजिक जन्जिरलाई तोड्दै केही जोडीले आफूलाई परिवर्तनको पक्षमा उभ्याएका छन् । समाजमा रुमलिएको जातीयताको अन्धविश्वासलाई तोड्न हिम्मत गर्ने जोडीहरू राजनीतिक क्षेत्रमा थुप्रै छन् । अन्तरजातीय बिहे गर्ने नेताहरुको पंक्ति एमालेमा ठूलो छ । पार्टी अध्यक्षदेखि नेतृत्व तहमा रहेका धेरैले अन्तरजातीय विवाह गरेका छन् ।
 
पुर्वको ब्राह्मण परिवारका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको नेवार परिवारमा जन्मिएकी राधिका शाक्यसँग लगनगाँठो कसे । ओली जेलबाट छुटेपछि स्वागत गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पस आयोजित कार्यक्रममा राधिकाले पहिलो पटक ओलीलाई देखेकी हुन् । दुब्लो, पातलो ओलीप्रति पहिलो भेटमै राधिकाको सहानुभूति बढेको थियो । पछि उनीहरू नजिकिँदै गए र पार्टीको निर्णयमा ०४४ सालमा उनीहरूको जनवादी बिहे भयो ।
 
काठमाडौंमा जागिरे, त्यसमाथि नेवार परिवारकी राधिकाले १४ वर्ष जेलजीवन बिताएर जोखिम मोलेर हिँडेका झापाली बाहुन ओलीलाई जीवनसाथी बनाउन त्यति सहज थिएन । तैपनि दुवैले हिम्मत कसे र अन्तरजातीय विवाह गरे । ओलीको सफलताको पछाडि राधिकाको आँट, हिम्मत र साथ पनि ओलीले नै नजिकका कार्यकर्ताहरुलाई सुनाउने गरेका छन् ।
 
एमालेसँगै माओवादी केन्द्रमा पनि अन्तरजातीय विवाह गर्ने नेताको लर्को छ । त्यसो त माओवादीले जनयुद्धका वेला नै जातीयतालाई पुँजीपति एवं शोषक वर्गले निर्माण गरेको सामाजिक बन्देजका रूपमा परिभाषित गर्दै त्यसको विरोध गथ्र्यो । माओवादीभित्र अन्तरजातिय विवाह गर्ने नेताहरु देव गुरुङदेखि लीलामणि पोखरेलसम्मको लामो पंक्ति छन् । नेपाली कांग्रेसमा भने अन्तरजातीय विवाह गर्नेको संख्या खासै छैन । कांग्रेस सांसद मीन विश्वकर्माले निरु पौडेलसँग अन्तरजातीय विवाह गरेका छन् । तर, उनले कांग्रेसमा प्रवेश गर्नुअघि नै निरुलाई जीवनसाथी बनाइसकेका थिए ।प्रमुख दलबाहेक अन्य पार्टीमा पनि अन्तरजातीय बिहे गर्नेको संख्या उल्लेख्य छ । नयाँ पत्रिकाले छापेको छ ।
 
डा. बाबुराम भट्टराई / हिसिला यमी
 
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमीबीचको सम्बन्ध पनि रोचक छ । बाबुराम ट्याक्सी दुर्घटनामा नपरेको भए सायद उनीहरू आज जीवनसाथी हुन पाउने थिएनन् होला । दुवैजना भारतको दिल्लीमा अध्ययन गर्थे । एकदिन बाबुराम दुर्घटनामा परे । एक्ला बाबुरामको यमीले हेरचाह गर्न थालिन् । बिस्तारै उनीहरूको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो । बाबुराम–हिसिला पुत्री मानुषीले पनि पार्टीकै विद्यार्थी नेता जेकेन्द्र श्रेष्ठसँग अन्तरजातीय बिहे गरेकी छिन् ।
 
केपी ओली/राधिका शाक्य
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र विद्यार्थी राजनीतिमा सक्रिय हुँदै राष्ट्र बैंकमा सरकारी जागिरे भएर सेवा निवृत्त भएकी राधिका शाक्यबीच ०४४ सालमा जनवादी विवाह भएको हो ।
 
झलनाथ खनाल/रविलक्ष्मी चित्रकार
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल र रविलक्ष्मी चित्रकारबीच ०३८ सालमा प्रेमविवाह भएको हो ।
 
वामदेव गौतम/तुलसा थापामगर
वामदेव गौतम र तुलसा मगर दुवै प्युठानका स्थानीय हुन् । उनीहरूको पहिल्यैदेखि चिनजान थियो । चिनजानले प्रेमको रूप लिँदै उनीहरूको सम्बन्ध बिहेमा परिणत भएको हो ।
 
ईश्वर पोखरेल/मीरा ध्वजू
एमाले महासचिव ईश्वर पोखरेल र मीरा ध्वजूबीच ०३८ सालमा चिनजान र ०४० सालमा विवाह भएको हो ।
 
अमृत बोहरा/अष्टलक्ष्मी शाक्य
एमाले नेता अमृत बोहरा र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच ०३७ सालमा विवाह भएको हो । उनीहरुले निकै संघर्ष गरेर झलनाथ खानाल पत्नीको घरमा कम्युनिष्ट पार्टीको झन्डामुनी शपथ खाएर विवाह गरेका थिए ।
 
सुरेन्द्र पाण्डे/पूर्णशोभा चित्रकार
एमाले नेता सुरेन्द्र पाण्डे र नेवार परिवारकी पूर्णकला चित्रकारबीच भूमिगत अवस्थामै विवाह भएको थियो । ०४२ सालमा ललितपुरस्थित एक हलमा उनीहरुको अन्तरजातीय विवाह भएको हो ।
 
शंकर पोखरेल/सुजिता शाक्य
एमाले सचिव शंकर पोखरेलले सुजिता शाक्यसँग ०५४ सालमा विवाह गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा शंकरले टिचिङस्थित नर्सिङ क्याम्पसकी स्ववियु सभापति शाक्यसँग प्रेम विवाह गरेका हुन् । उनीहरुको बहिे पनि पार्टीकै पहलमा भएको थियो ।
 
गोकर्ण विष्ट/प्रतिमा श्रेष्ठ
एमाले नेता गोकर्ण विष्ट र प्रतिमा श्रेष्ठबीच ०५० सालमा अन्तरजातीय प्रेम विवाह भएको हो । त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुमा आवद्ध प्रतिमासँग शंकरदेव क्याम्पसका विद्यार्थी नेता विष्टले बिहे गरको हुन् । उनीहरुको प्रेम विवाह भए तापनि त्यसलाई मागी विवाहमा परिणत गरेका थिए ।
 
प्रदीप नेपाल/झुमा देवान
एमाले नेता प्रदीप नेपालले झुमा देवानसँग अन्तरजातीय विवाह गरेका हुन् ।
 
अरुण नेपाल/सम्झना श्रेष्ठ
एमाले नेता अरुण नेपाल र सम्झना श्रेष्ठबीच अन्तरजातीय विवाह भएको हो ।
 
राजेन्द्रकुमार राई/शोभा पाठक
एमाले नेता राजेन्द्रकुमार राई र शोभा पाठकबीच अन्तरजातीय विवाह भएको हो ।
 
रामकुरमारी झाँक्री/पशुपति पुरी
एमाले नेतृ रामकुमारी झाँक्री र पशुपति पुरीबीच प्रेमविवाह भएको हो ।
 
देव गुरुङ/यशोदा सुवेदी
माओवादी केन्द्रका नेता देव गुरुङले पार्टीकै अर्का नेता नारायणप्रकाश शर्माकी भान्जीसँग अन्तरजातीय विवाह गरेका हुन् ।
 
लीलामणि पोखरेल/शशी श्रेष्ठ
प्युठानमा जन्मिएका माओवादी केन्द्रका नेता लीलामणि र काठमाडौंकी शशी श्रेष्ठबीच ०४३ सालमा प्रेमविवाह भएको हो ।
 
तेजबहादुर ओली/जुनुकुमारी रोका
माओवादी केन्द्रका नेता तेजबहादु केसी र जुनुकुमारी रोकाबीच अन्तरजातीय विवाह भएको हो ।
 
कुलबहादुर केसी/तारा घर्ती
माओवादी केन्द्रका नेता कुलबहादुर केसीले तारा घर्तीसँग अन्तरजातीय विवाह गरेका हुन् ।
 
देवी खड्का/राजकुमार श्रेष्ठ
माओवादी केन्द्रकी नेतृ देवी खड्का र राजकुमार श्रेष्ठबीच अन्तरजातीय विवाह भएको हो ।
 
पूर्ण घर्ती/सीता आचार्य
माओवादी केन्द्रका नेता पूर्ण घर्तीले सीता आचार्यलाई विवाह गरी भित्र्याएका हुन् ।
 
विश्वभक्त दुलाल/बुद्धलक्ष्मी महर्जन
 
अनिल शर्मा/शोभा दुलाल
 
अनिता परियार/निर्मल बराल
 
सुशीला श्रीमाइली/डम्बरसिंह ठाकुर
 
गंगा श्रेष्ठ/बन्दना सुवेदी
 
दीपक बोहरा/उन्नति बुढामगर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१