अण्डाको पहेंलो भाग खान आवश्यक, यस्तो छ कारणः

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७३, सोमबार ०८:०५
धेरैजसो मानिसहरु अण्डाको पहेंलो भागले स्वास्थ्यमा नराम्रो असर पुर्याउने सोच्छन् त्यसकारण सेतो भाग खान रुचाउँछन् । तर अण्डाको पहेंलो भागमा प्रोटिनलगायतका अन्य पौष्टिक तत्व अण्डाको सेतो भागभन्दा धेरै हुने गर्दछ । विशेषगरी वयस्क पुरुषले अण्डाको पहेंलो भाग खान आवश्यक छ, यस्तो छ कारणः
 
अण्डाको पहेंलो भागमा ओमेगा–थ्री फ्याटी एसिडको मात्रा अत्यधिक हुने गर्दछ । यसले शुक्राणुको संख्या बढाउँछ ।
 
यसमा ‘कपर’ हुन्छ जसले तालु खुइलिनबाट जोगाउँछ ।
 
अण्डाको पहेंलो भागमा प्रोटिन हुन्छ यसले मांसपेशी बलियो हुन्छ र एब्स बनाउन फाइदाजनक हुन्छ ।
 
यसमा भिटामिन ‘डि’ हुन्छ जसले हड्डी बलियो बनाउँछ ।
 
अण्डाको पहेंलो भागमा कोलिन हुन्छ जसका कारण दिमाग तिखो हुन्छ र स्मरण शक्ति बढ्छ ।
 
यो खाँदा आँखा तेजिलो हुन्छ ।
 
अण्डाको पहेंलो भागमा आइरन हुन्छ । यसले रक्तअल्पत्ताबाट जोगाउँछ ।
 
यसमा ‘गुड’ कोलेस्ट्रोल हुन्छ जसले मुटुको रोगबाट बचाउनका लागि प्रभावकारी भूमिका खेलेको हुन्छ ।
 
अण्डाको पहेंलो भागमा फस्फरस हुन्छ जसले दाँत बलियो बनाउँछ ।
 
यसमा भिटामिन ‘के’ हुन्छ जसले क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१