‘सगूनमा लगानी’ गर्नुभन्दा अगाडी यी कुरामा प्रष्ट हुन चाहन्छु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७३, सोमबार ०७:३२

सुनिल मणी दाहाल ।

डिसी मेट्रो क्षेत्र अन्तर्गतका स्थानीय बासिन्दाहरु र अमेरिका पत्रकारहरुलाई सगूनका बारेमा जानकारी गराउन र लगानीका लागी आकर्षण गर्ने उदेस्य ले गत हप्ता भर्खरै अनुमती पाएको ुसगुनुले पत्रकार सम्मेलन गर्दै भन्यो ुसगुन हाल स्टार्ट अप कम्पनीका रुपमा रहेको छ, यो कम्पनी नेपाल र नेपालीको परिचय लाई थप उचाई प्रदान गर्न अग्रसर छौ।ु सगूनका अधिकारीले हौसिदै भने सगरमाथाको देशका हामी नेपाली, गौतम बुद्दजन्मिएको देश र बिर गोर्खाली नेपालीले कैले पनि हार्न जानेको छैन, हामी सिलिकन भ्याली लाई चौनौती दिने छौ।
सगूनका अधिकारीका अनुसार, सगून एक आइटी कम्पनी हो जुन एक सुधार मुखी सामाजिक सन्जालका रुपमा प्रस्तुत भएको छ। सगून स्टार्ट अप कम्पनीका रुपमा रहेको र अमेरिकि सरकारको रेगुलेसन ए प्लस अन्तर्गत जब्स एक्ट २०१२ बमोजिममिनी आइपीओ मार्फत सर्ब साधारणले समेत यसमा लगानी गर्न पाउने छन।
सगूनले यही प्राबधान अन्तर्गत भर्खरै अमेरिकि सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन बाट मिनी आइपिओ मार्फत सर्बसाधारण लाई सगूनमा लगानी खुल्ला गर्न स्विकृतीप्राप्त भएको जनाएको छ। यसै प्राबधान अनुरुप गत फेरबरी ९ देखी सर्बसाधारणका लागी २० मिलियन अमेरिकि डलर बराबर को शेयर निस्काशन गरेको छ सगूनले।
अब सगुन मार्फत जनाले कम्तीमा अमेरिकि डलर २९९ बराबरको १३ कित्ताशेयर खरिद गर्न सक्ने छन। यसरी मिनी आइपिओ मार्फत सर्बसाधारण लाई स्वामित्व शेयर बिक्री गर्न अनुमती प्राप्त गर्ने सगून बिस्वमा पहिलो सामाजिक सन्जाल हुन पुगेको सगूनले दाबी गरेको छ।
सगूनका सस्थापक गोबिन्द गिरीले भनेका छन ुसगून स्टार्ट अप कम्पनी हो, जोखिम हुन्छ, जसलाई सानो लगानी गर्दा घरबार जादैन भन्ने लाग्छ त्यसले लगानी गर्न सक्नु हुन्छ।ु
सगूनका प्रयोगकर्तालाई के फायदा हुन्छ भन्ने जिज्ञासामा गिरीले भने ुयो सामाजिक सन्जाल भएको र यसमा आफ्ना रचनात्मक कृतीहरु सेयर गर्दा प्रयोगकर्ताले आर्थीक फायदा प्राप्त गर्दछ।ु उनले थपे ुयसका लागी प्रयोगकर्ता लाई सगूनको सोसियल स्मार्ट कार्ड् मार्फत रकम प्राप्त हुनेछ।ु
लगानी गर्न ईच्छुकहरु के भन्छनरु
सगूनले बजारमा सर्बसाधारणलाई सेयर खुल्ला गरे पस्चात ऐले नेपाली समुदाय बिच अमेरिकामा सगून मा लगानी गर्ने बारेमा बिबिध चासो र जिज्ञासा सरु भएको छ।
१ सगूनका प्रयोगकर्ताहरुले यसको प्रयोग बाट प्राप्त गर्ने आर्थीक रिवार्ड सगूनले निकट भबिस्यमा जारी गर्ने ुस्मार्ट कार्डु मार्फत प्राप्त गर्ने छन भनीएको छ। त्यस्तो आर्थीक रिवार्ड कसरी, कुन हिसाबमा र त्यो रिवार्डमा कर लाग्ने नलाग्ने, कुन रुपमा रिवार्ड प्राप्त हुने र कहाँ प्रयोग गर्न पाईने होर यी कुराहरु पारदर्शी छैनन। म आफै यसमा इच्छुक छ तर बुझेको छैन।
२ अमेरिकामा स्थापित कम्पनीमा नेपाली नागरिकले लगानी गर्न पाउने नेपाल सरकारको कानून छैन। सगूनले नेपालीमुलका बिदेशी नागरिकहरुसँग मात्र लगानी उठाएर सगूनको लक्ष्य कसरी पुरा हुन्छ र यो नाफामा कसरी जान सक्छ भन्ने सजिलो जवाफ मलाइ पनि चाहिएको छ।
३ गत बर्ष देखी अमेरिका स्थित नेपाली समुदाय पिएफए नामक एउटा जिवन बिमाको कारोबार लाई लिएर ठुलो बिबादमा अल्झिएर आपसमा बिभाजित भएको छ। सगूनले त्यसो गर्दैन भन्ने प्रष्ट सन्देश बाहिर दिन पर्छ। ब्यापार भावनाले मात्र हुँदैन भन्ने कुरा सगुनले प्रष्ट पार्नु पर्छ। नेपालीको भावानात्मक सम्बन्ध देखाएर आफ्ना चिने जानेका साथी भाइ, नाता गोता मार्फत आफ्नो सेयर बिक्री गर्दैछ भन्ने गुनासो सुनिन्छ। म आफै सगुनमा लगानी गर्न इच्छुक छ तर यस्ता प्रश्नहरुले मलाइ झस्काउँछन।
यसमा सगूनले आफ्ना लगानीकर्ता वा लगानी गर्न ईच्छुक सबै लाई प्रस्ट पार्दै लगानीमा ठुक्क हुने बाताबरण सृजना गर्न सक्नु पर्दछ ।
४ सगूनका लेखा परिक्षकले भन्छ्न सगून सँग कम्पनीको कारोबार सन्चालनका लागी जम्मा २ महिना मात्र थेग्ने बजेट छ। सगून ले २ महिना पछीको बैकल्पिक ब्यबस्थापनका बारे लगानी गर्न चाहनेहरु लाई प्रस्ट पार्न सक्नु पर्दछ। दुई महिना पछी कम्पनी टाट पल्टिने हो की भन्ने आसंका सबैमा छ। म मा पनि छ।
५ सगून सँग के कस्तो क्रेडिट छरु के आपतकालिन अवस्था परेमा सगूनको कर्जा लिन सक्ने हैसियत छरु यो सगून ले प्रस्ट पार्नु पर्दछ। म पनि सगुनमा लगानी गर्ने भन्दा पहिला यी कुराहरुमा प्रष्ट हुन चाहन्छु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१