प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७३, आईतवार ०७:४०

चितवन  ।  सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् ।

उनीहरुले खान बस्नमा रु १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् ।

आजदेखि सुरु भई फागुन ४ गतेसम्म चल्ने यसपालीको खाना महोत्समवा भ्यालेन्टाइन जोडीलाई सौरेलीले विशेष निम्तो नै दिएका छन् । विशेष छुट प्याकेज कै घोषणा गरेर सौरेलीले खाना महोत्सवमा निम्तो बाँडेका हुन् ।

सौराहामा १०० बढी सुविधायुक्त होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ । अहिले पर्यटकको सिजन नभएकाले उनीहरुलाई आकर्षित गर्न हात्ती महोत्सव, खाना महोत्सव, नयाँ वर्ष उत्सवलगायत कार्यक्रम सौरेलीले गर्दै आाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१