मेसी आजीवन बार्सिलोनामा बस्ने सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७३, आईतवार ०७:१३

अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीको सम्झौताको विषय विस्तारै समाधानतर्फ अग्रसर हुँदै गइरहेको स्पेनबाट सार्वजनिक पत्रिकाले बताएको छ। तर, यसका लागि मेसीको तर्फबाट दुईवटा सर्त अगाडि सारिएको छ। र यो सर्त पूरा भएको खण्डमा मेसी आजीवन बार्सिलोनामा बस्ने सम्भावना बढेर गएको छ। मेसीका बुवा जर्जे र क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच गत साता बार्सिलोनामा पुनः वार्ता भएको थियो। स्थानीय पत्रिका ‘डायरीयो स्पोर्ट्स’ का अनुसार जर्जेले आफ्नो छोराको सम्झौता लम्ब्याउन आतुर बार्सिलोनासमझ दुईवटा सर्त अगाडि सारेका थिए। जसमा पहिलो सर्त थियो, मेसीको अनुबन्धको रकम कुनै पनि युरोपेली खेलाडीभन्दा बढी हुनु पर्ने। दोस्रो सर्त थियो, बार्सिलोनामा बस्दा करको झमेलाबाट आफ्नो छोरा मुक्त हुनु पर्ने। जर्जेको यी दुवै सर्तलाई क्लबले सकारात्मक लिएको र अनुबन्धका लागि तयारी अगाडि बढाएको बताइएको छ। श्रोतका अनुसार बीचमा अन्य कुरा नआएको खण्डमा च्याम्पियन्स लिगअन्तर्गत पेरिस सेन्ट जर्मनी९पिएसजी० विरूद्धको खेललगत्तै मेसीको सम्झौता नवीकरण हुनेछ। मेसीलाई सन् २०२२ सम्म क्लबमा राख्न बार्सिलोनाले केही समयदेखि जर्जेसँग बाक्लो छलफल अगाडि बढाएको छ। गत वर्ष कर छलीको मुद्धामा स्पेनको अदालतले आफ्नो छोरालाई दुई वर्ष जेल सजाय सुनाएपछि क्लबको भूमिकालाई लिएर जर्जे खुसी थिएनन्। त्यसैले उनले आउँदो सम्झौतामा करको विवाद नउठोस भनेर सुरुमै क्लबका पदाधिकारीलाई अवगत गराएका हुन्। यस्तै, विश्व चर्चित खेलाडी भएपनि रियल म्याड्रिडले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो जति पारिश्रमिक नदिएकोमा पनि उनको असन्तुष्टी थियो। मेसीको सम्झौता २०२२ सम्म नवीकरण भए उनको उमेर ३५ छुने क्लबको बुझाई छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१