निर्वाचन प्रक्रिया अघि बढाउन दश विद्यार्थी संगठनको अपिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७३, आईतवार ०७:००

काठमाडौँ । विभिन्न दल सम्बद्ध दश विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पूर्वनिर्धारित समयतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन अपिल गरेका छन्।
शनिबार बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले त्रिविले फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा सहमति कायम गर्दै त्रिविलाई अपिल गरेको हो।
बैठकले स्ववियु निर्वाचनको सन्दर्भमा त्रिविले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्न गराउन प्रतिबद्धता पनि जाहेर गरेको छ। बैठकले आचारसंहिता पालना भए नभएको अनुगमन गर्न सबै संगठनका प्रतिनिधि सहितको अनुगमन समिति पनि गठन गरेको छ।
पार्टीको महाधिवेशनका कारण केही पछि सार्ने दुई विद्यार्थी संगठनको माग भएपनि विद्यार्थीको निर्वाचन पनि उत्तिकै महत्व भएकाले पूर्वनिर्धारित मिति मै गर्नुपर्नेमा बैठकले गरेको छ।
महाधिवेशनको कारण देखाउँदै विप्लब नेतृत्वको माओवादी र राप्रपा सम्बद्ध विद्यार्थी संठनले निर्वाचन पछि सार्न माग गरेका छन्।
उनीहरुले निर्वाचन एक सातापछि सार्न माग गरेका छन्। बैठकले विद्यार्थीलाई निर्वाचनमा भाग लिन, विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्न पनि अपिल गरेको छ। संयुक्त बैठकमा सहभागी दुई विद्यार्थी संगठनले भने निर्वाचन समानुपातिक र समावेशी प्रणालीबाटै गराउनुपर्ने भन्दै विरोध गरेका छन्। उनीहरुले माग पूरा नभए निर्वाचन कार्यतालिका लागु हुन नदिने भन्दै प्रतिरोधात्मक कार्यक्रम गर्ने चेतावनी दिए।
यसअघि विभिन्न आठवटा विद्यार्थी संगठनले स्ववियु निर्वाचन पूर्ण समानुपातिक तथा समावेशी हुनुपर्ने भन्दै घोषित निर्वाचनको विरोध गरेका थिए। तीमध्ये ६ वटा संगठन निर्वाचन गराउनुपर्ने पक्षमा देखिए पनि बाँकी दुई अझै सहमतिमा आएका छैनन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१