काँग्रेसका नेता रामचन्द्र पौडेल आमस्ट्राडम आउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७३, बिहीबार ०८:१३
आमस्ट्राडम ।   नेपाली काँग्रेका बरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री  रामचन्द्र पौडेल नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सले आयोजनामा गरेको नेपालको संविधान कार्यन्वयन र चुनौति विषयक अन्तरकृया कार्यक्रमलाई संवोधन गर्न आमस्ट्राडाम आउने भएको नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष उत्तम कंडेलले जानकारी दिए ।
आगामी तेह्र फेब्रुअरीमा आमस्ट्राडाममा हुने कार्यक्रममा अघिल्लो दिन आइतबार नै पौडेल आमस्ट्रडाममा आउने कार्यक्रम रहेको छ । खुल्ला अन्तरकृया कार्यक्रमका लागि नेपाली दुतावास, युरोपमा रहेका नेपाली जनसंपर्क समितिहरु,पत्रकार, पर्यटन दुतहरु, नेपाली काँग्रेसका महासमिति सदस्यहरु र महाधिवेसन प्रतिनिधी, गैर आवासीय नेपाली संघसंस्था तथा नेदरल्याण्ड्सका स्थानिय नेपाली संघसंस्था तथा समुदायलाई उपस्थितीको लागि पत्रचार गरिएको छ ।
आमस्ट्रडाममा एघार बजेबाट कार्यक्रम सुरु हुने कार्यक्रमको सवै व्यवस्थापकिय पक्षहरु पुरा भै सकेको जनसंपर्क समिति श्रोतले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१