कतारमा बस्ने पुर्व खेलाडीहरु द्वार नुवाकोट तेक्वान्दो संघ लाई सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७३, बुधबार १५:३१

कतार ।  रोजगारी लगायत अन्य  सिलसिलामा कतार बस्दै आएका नेपाली पुर्ब तेक्वान्दो खेलाडीहरु ले नुवाकोट तेक्वान्दो संघ खेलकुद सामाग्री हस्तान्तरण गरियको छ । ओलम्पियन खेलाडी संगिना वैद्य को विशेष पहलमा संकलन गरिएको उत्त सामाग्री उहाँको उपस्तिथिमा तेक्वान्दो पुर्व खेलाडी उत्तम भन्डारी र अर्का पुर्व खेलाडी अर्जुन गोतामी ले संघ का वरिष्ठ उपाध्यक्ष सुमन अधिकार र तेक्वान्दो सहायक प्रशिक्षक शरण घले लाई उक्त सामाग्री हस्तान्तरण गरियको थियो । नुवाकोट बाट अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेल मार्फत नेपाल चिनाउन ओलम्पियन खेलाडी संगिना वैद्य र साफ खेलकुद मा सहभागी रमेश श्रेष्ठ जस्ता खेलाडी उत्पादन भयको नुवाकोट तेक्वान्दो डोजाङ लाई सयहोग गर्न पाउँदा आफू लाई गर्व लागेको तेक्वान्दो पुर्व खेलाडी उत्तम भन्डारी ले बताउनु भयो यस्तो सहयोग अगामी दिन मा पनि जुटाउने र यसले नयाँ प्रतिभावान खेलाडी को मनोबल उच्च रहने ओलम्पिय खेलाडी वैद्य ले बताउनु भयो । करिब ६५ हजार बराबर को सामग्रीमा चेस कवर ,किकप्याड ,ड्रमी लगाय को सामग्री हस्तान्तरण गरियको सहायक प्रशिक्षक शरण घले ले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०