किसानहरुलाई ब्यवसायिक उत्पादन तर्फ उन्मुख हुन अनुरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७३, मंगलवार १२:३९

लेखनाथ । कृषि विकास मन्त्रालय अन्तरगत प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाई कास्कीले किसानहरुलाई ब्यवसायिक उत्पादन तर्फ उन्मुख हुन अनुरोध गरेको छ ।
देशका विभिन्न १० ठाउमा लागु भएको सुपरजोन परियोजना अन्तरगत कास्कीलाई तरकारीको पकेट क्षेत्रका रुपा विकास गराउने सरकारको जुन लक्ष्य छ त्यो लक्ष्यलाई सार्थक रुप दिन र किसानहरुको जिवन स्तर उकास्नका लागि ब्यवसायिक उत्पादन अनिवार्य भएको वताईएको हो ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाई कास्कीले लेखनाथका किसानहरुका विच राखेको अभिमुखिकरण गोष्ठीमा बोल्दै बरिष्ठ कृषि अधिकृत बसन्त कुमार श्रेष्ठले कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरित गरि आधुनिक,ब्यवसायिक,दिगो एंवम आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।

कृषि विकास रणनितिमा सहयोग पुग्ने उदेश्यले राखिएको कार्यक्रममा कृषिलाई सम्मानजनक नाफामुखि ब्यवसायका रुपमा विकास गराई स्वदेशमा रोजगारीको सृजना गरि बास्थविक किसानको पहिचान गरि अगाडी वढ्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए।

कार्यक्रम किसान महासंघ कास्कीका अध्यक्ष दयाराम न्यौपानेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१