देशभरका यी ६० अस्पतालमा हुन्छ हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७३, मंगलवार ०८:२१
काठमाडौं ।  सरकारले हाइड्रोसिल (अण्डकोषमा पानी जम्ने)का बिरामीको निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम सुरु गरेको छ । अघिल्लो वर्षबाट सुरु भएको कार्यक्रमलाई विस्तार गर्दै देशभरका ६० जिल्लामा पुर्याइएको छ । गत वर्ष जम्मा ३ हजार एक सय ६५ जना पीडित पुरुषको निशुल्क शल्यक्रिया भएको थियो । यो वर्ष ६० वटा अस्पतालबाट ७ हजार एक सय ८३ जनाको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ ।
 
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत हाइड्रोसिलको निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । हाइड्रोसिल भनेको पुरुषको अण्डकोशको बाहिरी भागमा पानी जम्मा हुनु हो । हाइड्रोसिल एक वा दुवै अण्ड्कोशमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोश सुनिएको वा ठुलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाई पैदा गराउदैन तर अण्डकोषको आकार भने ठुलो बनाउँछ । यसको उपचार सामान्य शल्यक्रिया नै हो ।
 
महाशाखाका निर्देशक डा. भिम आचार्यका अनुसार हात्तीपाइले रोगकै समूहमा पर्ने हाइड्रोसिलको समस्या धेरै नेपाली पुरुषहरुमा रहेका कारण निःशुल्क उपचार सुरु गरिएको हो ।
 
महाशाखाका जनस्वास्थ्य निरीक्षक तुलसी अधिकारीका अनुसार हाइड्रोसिलको शल्यक्रिया गर्ने अस्पताललाई एक जना बिरामीको उपचार गरेबापत ५५ सय रुपैयाँ उपलब्ध गराइने छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्ने छ । ति अस्पतालले शल्यक्रिया गरेका व्यक्तिको विवरण संकलन गरेर राख्नु पर्ने हुन्छ । कार्यक्रमको बारेमा जानकारी फैलाउन मन्त्रालयले प्रति अस्पताल जनचेतनाका लागि भन्दै ५० हजार रुपैयाँ समेत उपलब्ध गराएको छ । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।
 
हाइड्रोसिलको निशुल्क उपचार गर्ने देशभरका ६० अस्पताल
 
१. पाँचथर जिल्ला अस्पताल
 
२. इलाम जिल्ला अस्पताल
 
३. मेची अञ्चल अस्पताल, झापा
 
४. तेह्रथुम जिल्ला अस्पताल
 
५. धनकुटा जिल्ला अस्पताल
 
६. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
 
७. कोशी अञ्चल अस्पताल, मोरङ
 
८. कटारी अस्पताल, उदयपुर
 
९. उदयपुर अस्पताल
 
१०. ओखलढुंगा जिल्ला अस्पताल
 
 
११. सगरमाथा अञ्चल अस्पताल
 
१२. सिरहा जिल्ला अस्पताल
 
१३. रामकुमार उमा प्रसाद अस्पताल, लाहान
 
१४. जनकपुर अञ्चल अस्पताल
 
१५. महोत्तरी जिल्ला अस्पताल
 
१६. सर्लाही अस्पताल
 
१७. सिन्धुली अस्पताल
 
१८. जिरी अस्पताल
 
१९. त्रिशुली अस्पताल
 
२०. वीर अस्पताल
 
२१. पाटन अस्पताल
 
२२. भक्तपुर अस्पताल
 
 
२३. मेथिनकोट अस्पताल
 
२४. हेटौंडा अस्पताल
 
२५. रौतहट जिल्ला अस्पताल
 
२६. कलैया अस्पताल
 
२७. नारायणी उपक्षेत्रिय अस्पताल
 
२८. नवलपरासी जिल्ला अस्पताल
 
२९. भिम अस्पताल, रुपन्देही
 
३०. लुम्बिनी अञ्चल अस्पताल, रुपन्देही
 
३१. कपिलबस्तु जिल्ला अस्पताल
 
३२. स्याङ्जा जिल्ला अस्पताल
 
३३. दमौली अस्पताल
 
३४. गोरखा अस्पताल
 
३५. लमजुङ सामुदायिक अस्पताल
 
 
३६. पश्चिमाञ्चल क्षेत्रिय अस्पताल
 
३७. पर्वत जिल्ला अस्पताल
 
३८. धौलागिरी अञ्चल अस्पताल, बाग्लुङ
 
३९. म्याग्दी जिल्ला अस्पताल
 
४०. रुकुम जिल्ला अस्पताल
 
४१. रोल्पा जिल्ला अस्पताल
 
४२. प्युठान जिल्ला अस्पताल
 
४३. राप्ती अञ्चल अस्पताल
 
४४. राप्ती उपक्षेत्रिय अस्पताल
 
४५. सल्यान जिल्ला अस्पताल
 
 
४६. भेरी अञ्चल अस्पताल
 
४७. बर्दिया अस्पताल
 
४८. मध्यपश्चिम क्षेत्रिय अस्पताल
 
४९. दैलेख जिल्ला अस्पताल
 
५०. जाजरकोट जिल्ला अस्पताल
 
५१. सेती अञ्चल अस्पताल
 
५२. टिकापुर अस्पताल
 
५३. डोटी जिल्ला अस्पताल
 
५४. अछाम जिल्ला अस्पताल
 
५५. बाजुरा जिल्ला अस्पताल
 
 
५६. बझाङ जिल्ला अस्पताल
 
५७. दार्चुला जिल्ला अस्पताल
 
५८. बैतडी जिल्ला अस्पताल
 
५९. डडेलधुरा उप क्षेत्रिय अस्पताल
 
६०. महाकाली अञ्चल अस्पताल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१