समाज कल्याण गतिबिधि नेपालको जापान शाखा गठन,लिला बहादुर श्रेष्ठ संयोजक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७३, सोमबार १६:२०

जापान  । समाज कल्याण गतिबिधि नेपालले जापान शाखा गठन गरेको छ । फुनाबासी चिवा अमानुमा पार्कमा भएको भब्य कार्यक्रमका लिला बहादुर श्रेष्ठको संयोजकमा ३५ सदस्य रहेको केन्द्रीय अध्यक्ष गणेश महताराले बताएका छन् ।

समाज कल्याण गतिबिधि नेपाल जापान शाखाले  जापानको विभिन्न शहरमा छरिएर बसेका नेपालीहरुको भावनालाई नेपाल र पूरा विश्वमा सन्देश पुर्याउनको लागि विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । बिशेष गरि जापान जाने नेपालीहरुको लागि जागिरको व्यवस्था ,खानपान र बसोबासको व्यवस्था समेत यस सस्थामा सदस्य बनेकाहरुको लागि सेवा उपलब्ध समेत गराउने सस्थाले जनाएको छ ।

जापान शाखाले यहि २०१७ सम्ममा आफ्ना सदस्य बढाएर १००० पुर्याउने लक्ष्य समेत लिएको छ । जापानमा कुनै पनि नेपालीलाई दुख परेमा सस्थाले विभिन्न सहयोग समेत गर्ने बताएको छ  ।

समाज कल्याण गतिबिधि नेपाल जापान शाखाले आफ्ना सदस्य वा कुनैपनि नेपालिलाई कामको लागि अफ्ठेरो परेमा लिला बहादुर श्रेष्ठ :  ८१-८०९९५५९५२३ ,मंगल गुरुङ – ८१-८०९१०६५७३६ ,रबिन श्रेष्ठ – ८१-८०३९३६७४८३ मा  सम्पर्क गर्न सस्थाले आग्रह गरेको छ  । 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०