महिनावारी हुँदा सफाइ र सुरक्षाका १० टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७३, सोमबार ०८:४३

अर्पना न्यौपाने नर्स । प्रजनन उमेरका महिलाको योनिबाट हरेक महिना हुने रक्तश्रावलाई महिनावारी भएको भनिन्छ । यो महिलामा हुने नियमित प्रक्रिया हो । तर, यो समयमा शारीरिक सफाइमा ध्यान नदिँदा महिला तथा किशोरीको प्रजनन र यौन स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । सुरक्षित सफाइका लागि आजकाल सबैजसो महिलाले प्याड र कपडाको प्रयोग गर्छन् । तर, यसको प्रयोग पनि सही हुनुपर्छ ।
महिनावारी भएको अवस्थामा प्याड प्रयोग गर्नुहुन्छ भने पहिले प्याडको प्याकेट खोल्नुहोस् । प्याडपछाडि टाँसिएको प्लास्टिक वा कागज निकाल्ने । गम भएको भागलाई अन्डरवेयरको बिच भागमा टाँसेर प्रयोग गर्नुहोस् ।
प्याड प्रयोग गरिसकेपछि टाँसेको भागको एक छेउबाट बिस्तारै उप्काउनुहोस् । प्याड निकालेपछि जथाभावी नफाल्नुहोस् । कि त जलाइदिनुहोस् कि त खाडलमा पुर्नुहोस् । दुवै काम सम्भव नभए कुनै सामानमा प्याक गरेर फोहोर फाल्ने ठाउँमा फ्याँक्नुहोस् ।

प्रयोग गरेको प्याड निकालेर सम्बन्धित ठाउँमा व्यवस्थित गरिसकेपछि हातमा कीटाणुको संक्रमण हुन सक्छ । त्यसैले साबुन पानीले राम्रोसँग हात धुन नभुल्नुहोस् ।

सबै अवस्थामा प्याड उपलब्ध नहुन पनि सक्छ । महिनावारी हुँदा सुरक्षित सफाइका लागि तपाईं कपडा पनि प्रयोग गर्न सक्नुहुन्छ । घरमा उपलब्ध कपडालाई आवश्यकताअनुसार ठूलो या सानो चार कुने आकार दिएर मिलाएर काट्नुहोस् ।

घरायसी कपडा प्रयोग गर्नुअघि राम्रोसँग साबुनपानीले धुनुपर्छ । धोएपछि घाममा राम्रोसँग सुकाउनुहोस् ।

राम्रहेसँग सुकेको कपडालाई लामो आकार दिएर पट्याउनुहोस् । अब अन्डरवेयरको मध्यभागमा राखेर प्याडजसरी नै प्रयोग गर्न सक्नुहुन्छ । तर, रेडिमेड प्याडमा जस्तो टेप नहुने भएकाले यसलाई नसर्ने गरी राम्रोसँग मिलाएर लगाउनुपर्छ ।

घरायसी कपडालाई प्रयोग गरिसकेपछि राम्ररी साबुन पानीले धोएर घाममा सुकाएपछि पुनः प्रयोग गर्न सकिन्छ । तर, यो कपडालाई अँध्यारो वा ओसिलो ठाउँमा भने राख्नुहुँदैन ।

हरेकपटक प्याड वा कपडा फेरेपछि साबुनपानीले हात धुनुपर्छ । महिनावारी भएको समयमा पेट दुख्यो भने मनतातो पानी खाए तथा सेके दुखाइ धेरै हदसम्म कम हुन्छ ।नयाँ पत्रिकामा खबर छ ।

महिनावारी भएका वेला धेरै गह्रौँ भारी बोक्नुहुँदैन । सहनै नसकिने गरी पेट दुखेमा मनलाग्दी औषधि सेवन गर्नुहुँदैन । डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्न सकिन्छ ।

महिनावारीका वेला सफाइमा ध्यान नदिँदा र प्रयोग गरेका प्याड तथा कपडाको सही व्यवस्थापन नगर्दा वातावरण फोहोर भएर झाडापखाला, ज्वरो तथा विभिन्न रोग फैलिने सम्भावना रहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०