थ्रेसहोल्डको औचित्य र आबस्यकता : एकनाथ ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७३, सोमबार ०७:४८

राजनैतिक दल सम्बन्धि ऐन पारित गर्न थ्रेसहोल्डको बारेमा चर्को बहस भयको छ । बहस हुनु आफैमा नराम्रो होइन । नेपाल परिवार दलले ४ बर्षमा झन्डै ३ गुणा मत बृद्धि गर्न सफल भयको र दोश्रो संबिधान सभा पछि ४ बर्षको अन्तरालमा हुने निर्बाचनमा पार्टी झन् बलियो हुदै गयको छ र धेरै गुणा मत बृद्धि गर्ने कुरा निर्बिबाद छ । तसर्थ परिवार दल थ्रेसहोल्ड वाट डराउदैन र भाग्दैन । तर हजारौको बलिदानीबाट प्राप्त परिबर्तनका उपलब्धि यति चाडो भुल्न भने हुदैन । नेपालमा एक ठुलो राजनैतिक परिबर्तन आउनुको कारण मध्य राजनैतिक दलहरुले लियको समाबेशी सहभागिता तथा समानुपातिक प्रतिनिधित्वको मुद्धा पनि प्रमुख थियो । संबिधान सभाको निर्बाचन अघिका चुनाब पहिलो हुने निर्बाचित हुने प्रणाली मात्र थियो जसमा समाजका उत्पीडित वर्ग र समुदायको प्रतिनिधित्व कम थियो । संबिधान सभामा पनि थ्रेसहोल्ड राख्ने बारे छलफल नभयको होइन तर राष्ट्रको तत्कालिन आबस्यकता जतिसक्दो धेरै विचार र समुहको नीति निर्माणमा प्रतिनिधित्व गराउनु थियो त्यसैले थ्रेसहोल्ड संशोधन प्रस्तावको रुपमा संबिधान सभामा आयर दुइ तिहाई वाट अस्वीकृत भयो । नया संबिधान निर्माण संगै जनता सार्बभौम भयका छन् र परिबर्तनको फल उत्पीडित समुदाय सम्म पुगेको देख्न चाहन्छन । थ्रेसहोल्ड राख्दा को खुशी हुन्छन र नराख्दा को दुखि हुन्छ भन्ने तथ्य पनि सोचौ । मैले संसदका सबै राजनैतिक दलका धेरै माननीय ज्यूहरु संग यस बिषयमा कुरा गरेको छु । आदिबासी तथा जनजाति, मधेसी, मुस्लिम, थारु, दलित, पिछडा वर्ग, अल्पसंख्यक तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने अधिकाम्स सांसदहरु समानुपातिकको प्रतिशत बढाऊनु पर्ने र थ्रेसहोल्ड राख्न नहुने पक्षमा हुनुहुन्छ । जातिगत रुपमा भन्नु पर्दा ठुला पार्टीका केहि क्षेत्री बाहुन नेताहरुनै थ्रेसहोल्ड राख्न कसियर लाग्नु भयको छ । यो प्रयास स्वत परिबर्तन पछाडी फर्काउने खेल देखिन्छ । सशस्त्र जनविद्रोह, शान्तिपूर्ण जनआन्दोलन, मधेश तथा थरुहट आन्दोलनमा बलिदानी गर्ने सहिदहरुको रगत सुक्न नपाउदै उत्पीडित वर्ग र समुदायको अधिकार खोस्न कुनै पनि नैतिकताले दिदैन । तसर्थ थ्रेसहोल्ड राजनीतिक विकास क्रममा भविष्यमा राख्न सकिन्छ तर अहिले राख्ने बेला भयको छैन । संविधानले आत्मसात गरेको समाबेशी लोकतन्त्रको मर्म पनि जतिसक्दो धेरै विचार समुहको नीति निर्माणमा सुनिश्चित गराउनु हो। हाम्रा नेताहरुले दक्षिण अफ्रिकाको धेरै उदाहरण नेपालमा दिने गरेको मैले सुनेको छु । के दक्षिण अफ्रिकामा संबिधान निर्माण संगै थ्रेसहोल्ड राखियो ? राखियन । फिनल्याण्ड जस्तो बिकसित देशमा कुनै थ्रेसहोल्ड छैन । नेदरल्याण्डमा ०.६७ %, उरुगेमा १ %, फिलिपिन्समा २ % थ्रेसहोल्ड राखेको देखिन्छ । तर फिलिपिन्समा कुनै एक दलले जति मत ल्याय पनि समानुपातिक बाट बढीमा ३ सिट मात्र प्राप्त गर्न सक्छ । यसको कारण धेरै दलहरुले प्रतिनिधित्वको अवसर पाउन भन्ने हो । इजरायलमा थ्रेसहोल्ड १ % वाट सुरु गरि बिस्तारै बढाऊदै गयको छ । टर्कीको निर्बाचनमा १० % थ्रेसहोल्ड राख्दा सर्बत्र आलोचित भै संसारकै अस्वस्थ चुनाब प्रणाली भनियको थियो। जर्मनको संबैधानिक अदालतले थ्रेसहोल्ड असंबैधानिक घोषणा गरेको तथ्य हामी वाट छिपेको छैन । तसर्थ थ्रेसहोल्ड राख्न नहतारिऔ । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा अपनाइने प्रणालीहरुले पुजीपति बर्गको घरमा खुशी र उत्पीडित बर्गको घरमा बेखुशी ल्याउने कदम ऐतिहाँसिक परिबर्तनको बिपक्षमा छ । सबैलाई चेतना भया।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१