टर्कीमा आईएसविरोधी आशङ्कामा ४४५ जनाभन्दा बढी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७३, सोमबार ०५:३५

टर्कीको आतङ्कवाद नियन्त्रणका लागि खटिएको प्रहरीले इस्लामिक स्टेट ९आईएस० समूह विरुद्धको अभियानअन्तर्गत आईएससँग संलग्नता रहेको आशङ्कामा ४४५ जनालाई प्रहरी नियनत्रणमा लिइएको राज्य सञ्चालित समाचार संस्था, एनादोलु न्युज एजेन्सीले जनाएको छ ।
एनादोलुका अनुसार पक्राउ परेका ६० जना विदेशी नागरिक भएका र टर्कीमा आईएस समूहका गतिविधिमा संलग्न भएको आरोप छ ।

इस्तानबुल, गाजियनटेपलगायतका सिरियाली सीमा क्षेत्रका सहरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

नयाँ वर्षको अवसरमा मनोरञ्जन गरिरहेका ३९ जनाको ज्यान जाने गरी भएको आक्रमणको आईएस आवद्ध टर्कीका विभिन्न समूहहरुमाथि छानबिन गर्ने क्रममा एक महिनाको अन्तरालमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

आईएसको अन्नर्राष्ट्रिय सङ्गठनले टर्कीमा आफ्ना विभिन्न सहयोगी समूह रहेको दाबी गरेपछि टर्की सरकारले विभिन्न समूहका गतिविधिलाई शङ्का गर्दै छानबिनका लागि उनीहरुका सदस्यलाई प्रहरी हिरासतमा लिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१