“स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ड बिजनेश” तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७३, बुधबार ०९:४४

काठमाडौँ   । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रको जनशक्तिको शीप तथा ज्ञान अभिवृद्दि गर्ने उद्देश्यका साथ निरन्तर रुपमा मानव संसाधन विकास सम्बन्धी तालिम तथा कार्यशाला गोष्ठी संचालन गर्दै आएको छ ।
यस अभियान अन्तर्गत पाटा नेपालले पूनः नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा जनवरी ३० र ३१ मा राजधानीको ¥याडिसन होटलमा “स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ड बिजनेश” शीर्षकमा २ दिने तालिम सम्पन्न गरेको छ ।
पाटाले तालिम प्रशिक्षणका लागि हङकङ्ग पोलिटेक्निक युनिवर्सिटीका प्रोफेसर डा.मुरे म्याकन्सि र र्यान स्मिथलाई नेपाल आमन्त्रण गरेको हो । कार्यक्रममा होटेल, रेस्टुरेण्ट, एयरलाईन्स तथा होटेल म्यानेजमेन्ट कलेजहरु बाट करीब १९० जनाले सहभागिता जनाएका थिए ।
नेपाल पर्यटन बोर्डका सिईओ तथा पाटा नेपालका प्रथम उपाध्यक्ष दीपकराज जोशीले कार्यक्रममा उपस्थित प्रशिक्षक तथा सहभागीरुलाई स्वागत गदै मानव संसाधन सीप विकास र सेवा सुÞदृढीकरण नेपाली पर्यटनक्षेत्रको आवश्यक बिषय भएको बताउँदै वहाँले पाटा नेपाललाई निरन्तर रुपमा उल्लेखनीय योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रशिक्षकहरुले रेस्टुरेण्ट तथा क्याट्रिङ्ग विजनेसमा नवितम तथा सफल अभ्यासहरु अन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेण्ट टेक्नोलोजी, वाइन सेलिङ एण्ड मांकेटिङ, फुड एण्ड वाइन पेरिङ्ग, वाइन टेस्टिङ्ग जस्ता बिषयहरुमा प्रशिक्षण दिएको पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिहं बुडालले जानकारी दिनुभयो । यसैगरी वहाँले आगामी फेब्रुअरी २ मा रेस्टुरेण्ट तथा बार एशोसिएशन नेपाल– पोखरा संगको सहकार्यमा पोखरामा समेत १ दिने तालिम आयोजना गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१