मकाउलाई आफ्नो कर्मथलो बनाउँदै आएका मकाउबासी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७३, आईतवार ०८:३०

मकाउ । तामाङ समुदायको सकृय जातिय संस्था मकाउ तामाङ घेदुङले खास गरी तमाङ जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने उदेश्य भए पनि प्रबासमा कृयाशिल अन्य नेपाली संघ संस्थाहरूसंग हातेमालो गर्दै अगाडी बढ्ने उद्देश्यले २८५३औं सोनाम ल्होछार ज्या ल्हो (चरा वर्ग) अर्थात नयाँ बर्ष सोनाम ल्होछारमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरी संघ संस्थाका प्रतिनिधिहरूका साथ नयाँ बर्ष सोनाम ल्होछार भब्य र सभ्य तरिकाले मनाउन सफल भएको छ।उक्त कार्यक्रममा गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं बरिष्ठ सल्लाहकार अम्विर जोशी,प्रवासी नेपाली एकता समाजका अध्यक्ष शिव शंकर चौधरी,मकाउमा रहेका जातीय संघ संस्थाका अध्यक्षहरूको उपस्थिति थियो। शुभकामना मन्तब्यमा सबैले एक आपसमा शुभकामना सन्देश दिदै मकाउमा रहेका संघ संस्थाहरू बीच आपसी भाईचारा हुनु पर्छ भन्ने कुरामा जोड दिएका थिए।प्रवासमा रहे पनि हामीले हाम्रो रीति रीवाज र परम्परालाई भुल्न हुन्न र आउँदा दिनहरूमा पनि राष्ट्र र राष्ट्रियता झलकने किसिमका कार्यक्रम गर्ने बारे यस कार्यक्रमका सभापति एवं मकाउ तामाङ घेदुङ्का अध्यक्ष दोर्जे तामाङ्ले बताउनु भयो।कार्यक्रममा लगभग १४० जना नेपालीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१