नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७३, शनिबार १०:११

काठमाडौँ  । नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन्। उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ। “वार्षिक रुपमा ११७ नर्सिङ कलेजबाट सात हजार ६१० जना नयाँ नर्स उत्पादन भइरहेका छन् तर उनीहरुको रोजगारी र व्यवस्थापन हुन नसक्दा गम्भीर समस्या देखा परेको छ।”

नेपाल नर्सिङ परिषद्मा हालसम्म ६७ हजार ९०५ नर्स तथा अनमी दर्ता भएका छन् भने सरकारी स्वास्थ्य सेवामा २० हजार ४२३ जना मासिका, अनमी र नर्स कार्यरत रहेको २०७१ को स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। निजी अस्पतालमा कति नर्स छन् भन्ने यकिन तथ्याङ्क छैन । तर सन् २०१३ को नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम ९एनएचएसएसपी०को तथ्याङ्कअनुसार तीन हजार ६८३ नर्स निजी अस्पतालमा कार्यरत रहेका छन् ।

नर्सको पेसागत हकहित र सुरक्षाका लागि आवाज उठाउन २०१८ माघ १५ गते सङ्घको स्थापना भएको थियो । सोही समयदेखि नै नेपालले नर्सिङ दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१