वास्तविकता यस्तो हो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०७३, शुक्रबार ११:३१

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ ले जनजागरण अभियान अन्तर्गत यस क्षेत्रको ढिकुरेमा बुधबार आमसभाको आयोजना गरेको थियो । यस क्षेत्रबाट निर्बाचित सांसद समेत रहनुभएका पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत कार्यक्रमको प्रमुख अतिथि र नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम नुवाकोट क्षेत्र नम्बर ३ का सांसद बहादुर सिह लामा विशेष अतिथी हुनुहुन्थ्यो । भने तिनै क्षेत्र पार्टी सभापति हरु को उपस्तिथि रहेकोे थियो । कार्यक्रम का सहभागी हुने क्रममा डा रामशरण महत र बहादुर सिह लामा ले जिल्ला बिकास समिती मा भएको तोडफोड को निरीक्षण गर्नु भयको थियो । पार्टीले जनजागरण अभियान अन्तर्गत खानिगाउ गाबिस को ढिकुरेमा कार्यक्रम आयोजना गर्ने र प्रमुख अतिथिको रुपमा डा महतलाई आमन्त्रण गर्ने निर्णय गरेअनुरुप उक्त कार्यक्रम सञ्चालन भैरहेको थियो । विगत १२ दिनदेखि बन्द आह्वान गरिएकोले जनजीवन कष्टकर बनिरहेको पृष्ठभूमिमा कार्यक्रममा स्वस्फूर्तरुपमा जनसहभागिता जुटिरहेको थियो । यो स्थिति सहन नसकेर माओवादी को नेतृत्व मा आयक भिडले गौंडा गौंडामा बसेर कांग्रेसको सभा भाँड्न प्रयास गरिरहेका थिए । यसैक्रममा उनीहरुको जत्थाले तरुण दलका क्षेत्रीय अध्यक्ष शरण घले, सुमन गिरी लगायतका कांग्रेसका कार्यकर्ताहरुमाथि बाटोमा अवरोध पुरायका थिय। सोही भिड ले कांग्रेसका ७ जना कार्यकर्ता घाइते बनायका छ्न भए भने ६ वटा मोटरसाइकल तोडफोड गरियो । क्षेत्र १ बाट र बाहिर बाट आयको जत्था अघि बढ्दै गयो र शान्तिपूर्णरुपमा सञ्चालन भैरहेको कार्यक्रमस्थल पुगेर सभालाई बिथोल्ने प्रयास गर्‍यो । उनीहरुलाई संयमित हुन र केही गुनासाहरु भए राख्न सकिने घोषणा गर्दा गर्दै सभामाथि ढुङ्गा प्रहार गरिन थाल्यो । हात मा लाडी रड बोकेको उत्त भिड लाई शान्त रहन संयमित ढंगले आग्रह गरिरहेको थियो । उनीहरु थप आक्रामक भै सभा बिथोल्न अगाडि बढेपछि नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि डा महतले स्थानीय जनप्रतिनिधिका हैसियतले स्थानीय तह पुनर्संरचना आयोगलाई आफ्नो सुझाव दिएको धारणा राख्नुभएको थियो । निर्बाचन क्षेत्र टुक्र्याउन नपाइने समझदारी रहेको छ र डा महतले १ नम्बर क्षेत्रका बारेमा केही कुरा राख्नुभएको छैन । “सरकार को नेतृत्व गरिरहेका पार्टी ले अराजक ढंग बाट बन्द हडताल गरिनु ले सरकार नै अराजक क्रियाकलाप मा सयहोग गरेको देखिन्छ ” बन्द क्षेत्र नम्बर २ मा केन्द्रिय गरिनु र अनावश्यक आरोप डा महत माथी लगाउनु डा महत लाइ कमजोर बनाउने प्रयास गरेको प्रष्ट देखिन्छ । लामो समयको बन्द ले गर्दा त्य भेक को जनता को जनजीवन कस्टकर बन्दै गयको र नागरिक को हिडडुल गर्ने ब्यापार ब्यबसाय गर्ने नागरिक अधिकार कुन्ठित पार्ने कोसिस गरियको मा गम्भीर आपत्ति व्यक्त गर्नु भयो साथै यतिलामो समय को बन्द खुलाउन प्रसासन ले कुनै पहल नगरेको र मुख दर्शक भयर्हेरको बताउनु भयो कार्यक्रम मा सांसद बहादुर सिह लामा ले जनता दुख निने गरि गरियको बन्द अब जनता ले प्रतिकार गर्ने बताउने भयो आयोगको सिफारिस अहिले पनि मन्त्रिपरिषदमै रहेको छ र यससम्वन्धी कुनै निर्णय सार्वजनिक भएको छैन । क्षेत्र टुक्र्याएकोमा कांग्रेसले आफ्नो असहमति जाहेर गरिसकेको छ । शक्तिको दूरुपयोग गरी डा महतले क्षेत्र टुक्र्याउन नदिएको भन्ने आरोप लगाइएको छ । उहाँ सरकारभन्दा बाहिर रहनुभएकोले शक्तिको दूरपयोग गरियो भन्नेमा पनि सत्यता नभएको स्पष्ट छ । उहाँको विद्यमान हैसियत अहिले सांसदको मात्र रहेको सर्वविदितै छ । केही व्यक्तिहरुको उक्साहटमा चौघडा गाविसलाई लिखु गाउँपालिकामा गाभ्नुपर्छ भनी जवर्जस्त आह्वान गरिएको यहाँको बन्दले जनजीवन अत्यन्तै कष्टकर बनाएको छ । यो गम्भीर अवस्थालाई ओझेलमा पार्ने प्रयास गरिनुहुन्न, बन्द फिर्ता लिइनुपर्छ भन्ने स्थानीय जनताको जोडदार माग रहेको छ । रामजी पौडेल क्षेत्रीय सचिव नेका क्षेत्र नं २, नुवाकोट २०७३ माघ १३

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१