जहाँ पुरुषको अभावमा युवतीहरुको विहे गर्न गाह्रो छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७३, बिहीबार १६:५३

एजेन्सी । पुरुषको अभावमा युवतीहरु विबाह बन्धनमा बाँधिनबाट नै बञ्चित भए भन्ने खबर कहिल्यै सुन्नु भएको छ रु त्यस्तै भएको छ सिरियामा । जहाँ पुरुषको अभावमा युवतीहरुले समयमा विबाह गर्नबाट बञ्चित बन्न पुगेका छन् ।
लामो समयदेखि हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवा मारिएका छन् भने कयौं विदेश पलायन भएका छन् । त्यस्तै केही युवा जेलमा छन्, जो विभिन्न आरोपमा सजाय काटिरहेका छन् भने युवाको एउटा हिस्सा सेनामा छ । हालैको एक त्यहाँ ७० प्रतिशत महिला अविवाहित रहेको देखाएको छ ।

समाजमा शेष रहेका केही युवामा पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि प्रतिकुलता सिर्जना भएको छ । उक्त अध्ययनका अनुसार प्रत्येक चार महिला बराबर एक पुरुष छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०