दुनियाकै आठौँ धनाढ्य जुकरबर्ग बस्ने घर यस्तो छ :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७३, बिहीबार ०७:००
अक्सफामले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार विश्वका ८ जना सबैभन्दा धनाढ्य मानिसहरुसँग बाँकी विश्वको आधा जनसंख्या अर्थात् ३ अर्ब ६० करोड मानिससँग भन्दा धेरै सम्पत्ति रहेको छ । ती ८ धनाढ्यको सूचिमा फेसबुकका मालिक मार्क जुकरबर्ग पनि सामेल छन् । जुकरबर्गसँग ५१ अर्ब २० करोड डलरको सम्पत्ति रहेको छ ।
 
दुनियाकै आठौँ धनाढ्य जुकरबर्ग बस्ने घर त्यसैले मामूली हुने कुरै भएन । सन् २०१३ मा जुकरबर्गले ७ करोड डलरको घर खरीद गरेको खबर आएको थियो । उनी पालोअल्टोस्थित भव्य महलमा बस्छन् । यो उनको पहिलो घरजग्गा लगानी थियो ।
 
 
यो घर ५६१७ वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यो दुईतले घरमा ५ बेडरुम, ५ बाथरुम, एउटा ठूलो भान्साकोठा, म्यूजिक रुम तथा साल्टवाटर पूल रहेका छन् ।
 
दबतज(चययm
 
यो घरले जुकरबर्गको सादगीलाई झल्काउँछ । जुकरबर्ग देखावटीमा विश्वास गर्दैनन्, असली रोज्छन् । उनको घर राम्रोसँग सिँगारिएको छ । उक्त लक्जरियस घरको आर्किटेक्चर सामान्य छ । घरमा बुड तथा मार्वलको राम्रो प्रयोग गरिएको छ । घरमा जुकरबर्ग, उनकी पत्नी चान, छोरी मेक्स तथा पाल्तू कुकुर विस्ट बस्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०