यौनसम्बन्धलाई आनन्दित र यादगर बनाउने (केहि टिप्स)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७३, बुधबार १७:११

यौन एकप्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केहि अपबादबाहेक सबै मानिस यौन कार्यमा सहभागी हुन्छन । कसैले बिबाहपछी सेक्स गर्छन भने कसैले बिबाहअघि नै गर्छन । हुन त हाम्रो समाज अझै पनि यौनको मामिलामा खुलेर कुरा गर्न सक्ने खालको छैन । त्यसैले गर्दा पनि हामी समाजमा यौनसम्बन्धी कुरा गर्न डराउँछौं ।
त्यसैले यौन जीवनको बारेमा हामी मध्ये कति भ्रममा रहेका पनि हुन्छौं । यौनसम्बन्धलाई लिएर हामीमा केहि कौतुहलता हुनु पनि नकारात्मक कुरा होइन ।

बिबाहको उमेर पुगेकाहरु र बिबाहको तयारीमा रहेकाहरुलाई बिबाहको पहिलो रात आफु पुरै सफल हुन सकिन्छ की सकिदैन, आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिन्छ की सकिन्न भनेर चिन्ता हुने गर्दछ । बिबाहको रातको विषयलाई लिएर कतिपय मानिसहरु नर्भस पनि हुने गर्दछन । बिबाहको रात कस्तो महसुस हुन्छ रु के यो सुखद अनुभव हुन्छ रु भन्ने खालका प्रश्नहरुले दिमागमा डेरा जमाउन पनि सक्छ । कतिपय अवस्थामा त यस्तो पनि हुन्छ की सेक्स दुखद र पिंडादायक हुन्छ भन्ने भ्रम पालेर बसेका जोडीहरु पनि हुन्छन र उनीहरुलाई सेक्स कसरि सुरु गर्ने भन्ने बारेमा पनि थाहा हुँदैन । कतै तपाईलाई पनि यस्तै समस्याले सताएको त छैन रु यदि छ भने पनि चिन्तित नहुनुहोस । यहाँ हामीले केहि टिप्स तपाईलाई दिंदै छौं की कसरि आफ्नो बिबाहको पहिलो रातलाई आनन्ददायक, सुखि र यादगर बनाउने भनेर स्

यदि तपाई आफ्नो बिबाहको पहिलो रातलाई यादगार र आरामदायक बनाउन चाहनुहुन्छ भने सुरुवात पनि बिस्तार बिस्तारै गर्नुहोस । आफ्नो पार्टनर संग खुलेर कुरा गर्नुहोस । रमाइला कुराकानीबाट सुरुवात गर्नुहोस र केहि समय एकअर्काको साथमा रमाउनुहोस । फेरी बिस्तारै आलिंगन हुँदै चुम्बन र अधरपानतर्फ अगाडी बढ्नुहोस ।
तपाई आफुलाई पनि आनन्ददायक बाताबरण बनाउनुहोस र पार्टनरको पनि इच्छा बुझेर अगाडी बढ्नुहोस । दुबैलाई भरपुर आनन्द हुने किसिमले सुरुवात गर्नुहोस ।
सेक्स प्राकृतिक कुरा भएकोले यसलाई पूर्ण रुपमा आनन्ददायक बनाउन कोशिस गर्नुहोस जसका लागि आफ्नो पर्त्नार्संगा सल्लाह लिन पनि नहिच्किचाउनुहोस ।
हाम्रो समाजमा अझै पनि यौनको मामिलामा पहिलो सेक्समा महिलाको योनीबाट रगत आउनुपर्छ र युवतीलाई पिंडा हुनुपर्छ भन्ने मान्यता छ । तर यो सत्य होइन, यो नै महिलाको कुमारीपनको प्रमाण होइन भन्ने बुझ्नुहोस ।
कहिले कहीं महिला बढी आत्तिएको वा चिन्तामा डुबेको अवस्था छ अथवा महिलालाई पिंडा अनुभूति भएको अवस्था छ भने लामो सांस लिन र छोड्न लगाउनुहोस यसले महिलालाई केहि आराम प्रदान गर्न सक्छ ।
यदि तपाई पहिलोपटक यौन सम्पर्क राख्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस यौनसम्बन्धमा प्रेमको महत्वपुर्ण भूमिका हुन्छ त्यसैले प्रेमपूर्वक अगाडी बढ्नुहोस ।
सेक्स गर्दाको समयमा आफ्नो पार्टनरसंग तालमेल मिल्नु एकदमै महत्वपुर्ण हुन्छ । त्यसैले तपाईको मनमा रहेका डर तथा भ्रमहरु वा जरुरि कुरा जुन तपाईलाई गर्न मन छ, लाई सेक्स भन्दा अगाडी नै आफ्नो पार्टनरसंग शेयर गर्नुहोस ।
सेक्समा बिश्रामले पनि महत्वपुर्ण अर्थ राख्छ । त्यसैले पनि आफ्नो पार्टनरलाई आफुप्रति पूर्ण रुपमा हाबी हुन नदिनुहोस न त आफु नै आफ्नो पार्टनरप्रति पूर्ण रुपले हावी नै हुनुहोस ।
एक अर्काको साथको भरपुर आनन्द लिनुहोस । यदि तपाई स्वस्थ हुनुहुन्छ र तपाईहरु एक अर्काको ख्याल राख्नुहुन्छ भने सेक्सको भरपुर मज लिन सक्नुहुन्छ ।
पूर्ण आत्मविश्वासका साथ बिस्तारै बिस्तारै आफ्नो यौन कार्यलाई गति प्रदान गर्दै जानुहोस । जसले गर्दा तपाई आफ्नो सम्बन्धलाई अझ यादगार र आनन्ददायक गराउन सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१