योगा यतिबेला चर्चामा,रामदेव बाबादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत प्रचारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७३, मंगलवार ०९:१४

बर्लिन ।  योगा यतिबेला चर्चामा छ । रामदेव बाबादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसको प्रचारमा जुटेका छन् । अहिले विश्वभर योगा दिवस समेत मनाउन थालिएको छ ।

विक्रम योगा देखि विपासना ध्यानदेखि अनुलोमविलोम मानिसहरुबीच चर्चित बनिरहेको छ ।

पछिल्लो समय, नयाँ प्रकारको योगाले चर्चा कमाउँदैछ, त्यो हो बियर योगा ।


हो, सही सुन्नुभयो । जमर्नीमा शुरुवात गरिएको यो नयाँ योगा, बियर र योगाको समिश्रण हो । कम्पनीको वेवसाइटका अनुसार बियर पिउने र योगाको आसनलाई मिलाएर नयाँ योगाको स्वरुप तयार गरिएको हो । यसमा टाउकोमा वियरको बोतर अड्काउने देखि योगा आसन लिँदा बियर पिउने सम्मको व्यायाम रहेका छन् ।

योगा अवधिभर यसलाई गर्नेहरुले बियर पिउनुपर्ने हुन्छ ।

‘दुवै कुरा सदियौँदेखि मानिसको शरीर, मस्तिस्क र आत्माको लागि थेरापीको रुपमा प्रयोग हुँदै आएको छ । ‘बियर पिउनुको मज्जा र योगाको ध्यानले एक अर्काको पूरकको रुपमा काम गर्छ,’ कम्पनीले जनाएको छ ।

यद्यपि, यो नयाँ भने होइन । बर्लिनमा रहेको बियर योगा सन् २०१५ देखि नै सञ्चालनमा रहेको थियो । तर, अस्ट्रेलियाको सिड्नीमा गरिएको प्रचारात्मक कार्यक्रमपछि यसले निकै चर्चा कमाइरहेको छ ।

बियरमा क्यालोरीको संख्या उच्च भए पनि यसले हृदयघात र चिनी रोगबाट बचाउने कम्पनीको तर्क छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०