कस्तो सुताइ स्वास्थ्यका लागि फाइदा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७३, सोमबार ०८:०८

दायाँ र वायाँः तपाईं साईड फर्किएर सुत्नु हुन्छ भने ढाडमा त्यति चोट पर्दैन । वाँया फर्केर सुत्दा मुटुको जलनलाई घटाउँछ । तसर्थ यो पोजिसनमा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, दाँया फर्केर सुत्दा भने मुटुको जलन बढाउँछ । जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न लगाइएको थियो । दायाँ फर्केर सुत्ने वयस्कहरुको शरिरमा एसिडको मात्रा उच्च देखिएको थियो । अमेरिकन जर्नल अफ ग्यास्टोनेट्रोलोजीको अध्ययनमा पनि यस्तै निस्कर्ष देखिएको थियो । गर्भवती महिला पनि देब्रे फर्किएर सुत्दा रगतको प्रवाह निकै राम्रो हुन्छ ।

उत्तानो परेर सुत्नु

यदि तपाईं यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईको शरिरको तौल सन्तुलित हुन्छ । तपार्इंमा ढाड र घाँटीको खासै समस्या हँुदैन । घुँडामुनि शिरानी राख्नु भयो भने तपाईको पछाडिको भाग अझ सिधा र स्वस्थ हुन्छ । यदि तपाई घुर्नुहुन्छ भने तपाईं यो पोजिसनमा सुत्न सक्नुहुन्छ ।

घोप्टो परेर सुत्नु

घोप्टो परेर सुत्दा तपाईलाई आनन्द त मिल्ला तर यो पोजिसनले ढाड र घाँटीलाई समस्यामा पार्न सक्छ । यो पोजिसनमा सुतेर रातभरी घाँटी र टाउको फर्काएर सुत्न सक्नुहुन्छ तर घाँटी र ढाडमा भने पीडा हुन्छ । तसर्थ बेडमा सुत्न जानुभन्दा अगाडि कुन पोजिसनमा सुत्ने भनेर सोच्नुहोस्

सुताईको पोजिसनले पनि पार्टनरसँगको सम्बन्धलाई संकेत गर्छ । केही पोजिसन ९आसन० र
तिनिहरुको सम्बन्धमा प्रभाव

एउटाको ढाडातर्फ फर्केर अर्को सुत्ने

यो सुताई अन्तर्गत जोडी एउटै दिशतार्फ फर्किएको हुन्छ तर एकजना अर्कोको ढाडतर्फ फर्केका हुन्छन् । यो पोजिसनले जोडी गतिशिल छ भन्ने दर्शाउँछ । एक अर्कामा विश्वास र समझधारीको संकेत गर्ने यो पोजिसन सबैभन्दा उपर्युक्त मानिन्छ । त्यसो त यौनका दृष्टिले अतृप्त पार्टनर यो पोजिसनमा सुत्ने सेक्स विज्ञ ट्रेसी कोक्स बताउँछन् ।

लखेट्ने

यो सुताईमा दुबै जना पार्टनर एउटै दिशातर्फ फर्किएका हुन्छन् । एउटा पार्टनरका हात बेड र शिरानीमा हुन्छन् भने अर्काको कम्मरमाथि हल्का अँगालो मारेको अवस्थमा हुन्छ । झट्ट हेर्दा एकले अर्कोलाई लखेटेको जस्तो देखिन्छ । यस पोजिसनले पार्टनर मध्ये एकले अर्कोलाई जीवनभर दुःख दिइरहेको संकेत गर्छ ।

ढाड फर्काएर सुत्ने

यो पोजिसनमा दुई जना विपरित दिशातर्फ फर्किएर सुत्ने गर्छन् । एकले अर्काको ढाड छोएको हुन्छ । दुई ध्रुबमा फर्केर सुतेजस्तो देखिए पनि यो पोजिसनमा सुत्ने जोडी एक अर्काप्रति प्रेमभाव राख्ने विज्ञहरु बताउँछन् । यसले सुमधुर सम्बन्ध र निकटतालाई संकेत गर्छ ।

ठाउँ छोडेर सुत्ने

दुबै जोडी एक अर्कासँग अलिक अलग्एिर जस्तो यस्तो पोजिसन पनि खासै नराम्रो नहुने विज्ञहरु बताउँछन् । यो सुताइ पोजिसनले जोडीहरु एक आपसमा विश्वास र सुरक्षित भएको संकेत गर्छ । त्यसले स्वतन्त्रताको पनि संकेत गर्ने गरेको पाइन्छ । सम्बन्धमा दुबै जना निकट र स्वतन्त्र महशुस गर्छन् । एक अध्ययन अनुसार २७ प्रतिशत बेलायती यो पोजिसन मन पराउँछन् ।

ट्यांगल

एक अर्काको हातपाखुरा जोडेर एकैतिर फर्केर सुतिने यो पोजिसन निकै दुर्लभ मानिन्छ । यस अन्तर्गत जोडिले आफ्ना घुडा, औला, बुढीऔंला, जिव्रो र अन्य अंग एक आपसमा जोड्न खोजेजस्तो देखिन्छ । बिबाहको केही सातापछि प्राय जोडी यो पोजिसनमा सुत्छन् ।

नजल

जोडिमध्ये एक जना उत्तानो परेर सुत्नु र अर्को भने उत्तानो पर्ने व्यक्तिको छातीमा टाँसिनु यो सुताईको विशेषता हो । उत्तानो पर्नेले आफ्नो छातीमा सुत्नेको कपाल छुन्छ भने महिलाले पुरुषको छातीमा औला राखेकी हुिन्छन् । प्राय नवदम्पत्ति यसरी सुत्छन् । यसले प्रेम र बासना दर्शाउँछ । एकअर्काको सामिप्यतामा दुई जना सुरक्षित र खुसी हुन्छन् ।

विपरित शिरानीमा सुत्नु

यो सुताई निकै खतरानक अवस्थाको लक्षण हो । दुबैजना एकअर्कालाई पैताला फर्काएर उल्टो सुत्ने गर्छन् । निकै दुर्लभ मानिने यो पोजिसनले जोडिको सम्बन्ध सुमधुर छैन भन्ने संकेत गर्छ । यो पोजिसनमा सुत्ने प्राय सबैको सम्बन्ध बिच्छेद हुनेगर्छ । यसबाहेक जोडीबीच बैमनेश्यता, बादबिबाद र यौन असन्तुष्टि तथा अविश्वासको संकेत गर्छ ।
९डेली टेलिग्राफको सहयोगमा०

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०