पैसा बचाउने १० टिप्स पढ्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०७३, आईतवार १४:१३
‘जति कमाई, उति खर्च’ भन्ने भनाई नै छ । बढ्दो महंगीका कारण कमाईमा बचत नभएको गुनासो बढ्दो छ। पैसा पनि बच्ने र आधुनिक शैलीको जिबनयापन हुने उपायको खोजले धेरैको ध्यान खिचेको छ।
 
यस्तै अवस्थालाई केहि समाधान गर्नका लागि हामीले कमाई अनुसार बचत गर्ने केहि तरिकाहरूको खोजि गरेका छौ। खोजपछि पत्ता लागेका यी १० उपायको पालना गर्नुहोस, कमाइ अनुसार बचत गर्न सम्भव हुने छ ।
 
 
 
महँगो जीबनयापनबाट छुटकारा
 
महँगो जिबनयापनबाट छुटकारा पाउन सक्नु नै कमाइमा बचत गर्न सक्ने उत्कृष्ट उपाय हो। चुरोट, रक्सि, सुर्ती जस्ता धुम्रपान र मध्यपानको आदतबाट बच्नाले न केवल पैसा मात्र बचाउछ बरु धेरै रोगबाट समेत बचाउदछ।
 
बिल भुक्तानी
 
समयमा बिल भुक्तानी बिजुली, पानी, टेलिफोन लगायतका बिलहरु समयमा भुक्तान गर्ने बानीले समेत पैसा बचाउन मदत गर्दछ । यसबाट समयमा तिर्नु पर्ने बिल नतिर्दा लाग्ने अतिरिक्त शुल्कबाट बच्न सकिन्छ। जस्ले खर्च बढी हुनलाई रोक्दछ।
 
सदस्य कम बन्ने
 
धेरै क्लब तथा संघसंथाको सदस्य बन्ने बानीले समेत हाम्रो खर्च बढाइरहेको हुन्छ । आवश्यकता अनुसार क्लब तथा संघसंस्थाको सदस्य बन्ने बानी बसाल्ने हो भने अनावश्यक रुपमा खर्च हुने मोटो रकम बचतमा परिणत हुन्छ।
 
बैंक खातामा नजर
 
बैंक खाता कम्तिमा पनि सातामा एक पटक चेक गर्नु उत्तम हुन्छ। त्यहि माथि प्रविधिको बढ्दो प्रयोगको फाइदा लिएर अनलाईन बैंकिंग प्रयोग गर्ने बानी बसाल्ने हो भने आफ्नो खातामा भएको हरेक क्रियाकलापमा नजर रहन्छ। जसकारण खातामा रहेको पैसाबाट अनावश्यक कटौती भएको थाहा हुन्छ र खर्च कटौती गर्न सहज समेत हुन्छ।
 
शपिंगमा साबधानी
 
सामान्य तया शपिंगमा योजना भन्दा बढी खर्च हुने गर्दछ। खरिद निर्णयमा नियन्त्रण राख्न सक्ने बानीले समेत् खर्च कटौती गर्न मद्दत गर्दछ। ड्राई क्लिन लेखिएको कपडा खरिद कम गर्ने हो भने पनि खर्च कटौती गर्न सकिन्छ। घरमा सफा गर्न सकिने कपडाको खरिद गर्दा समेत ड्राई क्लिन गर्दा लाग्ने खर्च कटौती गर्न सकिन्छ।
 
जंक खानाबाट टाढा
 
जंक खानाको ठाउमा घरमा पाकेको परिकार खाने बानी बसाल्नु पर्छ । आफुले पनि जंक खानाको प्रयोग कम गर्ने र घरका अरु सदस्यहरुलाई यसबाट टाढा राख्न सक्ने हो भने मोटो रकम बचाउन सकिन्छ।
 
फिल्म घरमा हेर्ने
 
फिल्म हेर्न सिनेमा हल जाँदा खर्च अवश्य नै बढी नै हुन्छ, त्यहि माथी परिवारको साथमा फिल्म हल पुग्ने हो भने मोटो रकम छुट्याउनु पर्छ। यदी फिल्म घरमा नै हेर्ने हो भने यो मोटो रकमको नोक्सानीबाट समेत छुटकारा पाउन सकिन्छ भने समयको समेत बचत हुन्छ।
 
इन्टरनेटको प्रयोग
 
न्युजपेपरको बिकल्पमा इन्टरनेटबाट समाचार पढ्ने बानी बसाल्ने हो भने खर्च कटौती गर्न सकिन्छ। त्यस्तै किताबहरु समेत अनलाइनबाट पढ्ने बानीले खर्च कम गर्न सकिन्छ।
 
बजेट योजना
 
बनाउन आवश्यक महिनाको सुरुवातमा नै बजेट योजना बनाउन अति आवश्यक छ। यसबाट यो थाहा हुन्छ कि कुन बिषयमा कति खर्च गर्न सकिन्छ। त्यति मात्र नभई दैनिक खर्च विवरण राख्ने बानी बसाल्नु पर्छ, यसले महिना दिनमा अनावश्यक ठाउमा र बिषयमा भएको खर्च थाहा हुन्छ र आगामी दिनमा यस्तो बिषयमा हुने खर्चबाट जोगिन मद्दत गर्दछ।
 
पब्लिक सवारीको प्रयोग
 
पब्लिक सवारीको प्रयोगले पनि खर्च कटौती गर्नमा सहायता मिल्छ। छोटो दुरीको स्थानमा पैदल हिड्ने बानिले एकातर्फ पैसा बच्छ भने अर्को तिर एक्सरसाइज समेत हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०