कृषि विकास बैंक लि.ले ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) मनायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७३, शनिबार ०७:१७

काठमाडौं। कृषि विकास बैंक लि.ले ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति)  मनाएको छ । शुक्रबार राजधानीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले बैंकलाई गाउँ गाउँसम्म पुर्याउन सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए ।

उनले यसै साता मन्त्रालयको तर्फबाट प्रस्तुत आगामी कार्य योजनामा लक्ष्यित वर्गसम्म बैंकिङ पहुँच पुर्याउने लक्ष्य रहेकोले त्यसमा कृषि विकास बैंक ९ब्म्द्यी० को पनि त्यत्तिकै संलग्नता हुनुपर्ने र सोको लागि सञ्चालक समितिले आवश्यक गृहकार्य गर्नुपर्ने उनको भनाई थियो ।

सो कार्यक्रममा विभिन्न ट्रेड युनियनमा सम्बद्ध कर्मचारीको मागलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले आफू कर्मचारीका मागप्रति सकारात्मक रहेको उल्लेख गर्दै उक्त विषयमा मन्त्रालयको तर्फबाट छिट्टै पहल थालिने प्रतिबद्धता जनाए । उनले मन्त्रालयको ढिलासुस्तीका कारणले बैंकको कामकारबाहीमा कुनै असर हुन नदिने प्रतिबद्धता जनाए ।

बैंकले आर्थिक वर्ष २०७२र७३ मा कूल अधिकृत पूँजी १८ अर्ब रुपैयाँ, जारी पूँजी ११ अर्ब ३३ करोड ९१ लाख १२ हजार रुपैयाँ रहेको छ । जसमध्ये साधारण चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख छ भने नेपाल राष्ट्र बैंकले परिभाषित गरेअनुरुपको साधारण चुक्ता पूँजी आर्थिक वर्ष २०७२र७३ को२० प्रतिशत बोनस शेयर जोड्दा ७ अर्ब ८ करोड ७६ लाख हुनेछ ।

सो अवधिमा बैंकले ८७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१