श्रम गर्न लाज होइन गर्ब गरौ : पूर्वमन्त्रि ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७३, शनिबार ०७:०४

काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले श्रमको सम्मानले नै समाज विकास हुने बताउनु भएको छ । क्रियाशील युवा समाजले काठमाडौँको पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व मन्त्रि ढकालले युबाहरुलाई श्रम गर्न लाज होइन गर्ब गर्न उत्प्रेरित गर्नु भयो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले बिलाशीताको जिबन जियर समजमा केहि योगदान नगर्ने ब्यक्ति भन्दा सडकमा गिटी फुटायर परिवार पाल्ने व्यक्तिलाई सम्मान गर्ने संस्कारको विकास आबस्यक छ भन्दै युबाहरुलाई स्वरोजगारको बाटोमा लाग्न आग्रह गर्नु भयो । उहाँले विभिन्न कलेजबाट आयका युबाहरुलाई देश भक्तिको भावना जिउदो राख्न, सार्बजनिक सोंच लिन, परिश्रममा बिश्वाश गर्न र उच्च नैतिक आदर्शको पालन गर्न आग्रह गर्दै युवा उद्धमी भयर अन्य धेरै युबाहरुलाई रोजगारी सृजना गर्छु भन्ने ठुलो सपना देख्न प्रोत्साहित गर्नु भयो । पूर्व मन्त्रि ढकालले सहभागी युबाहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै विभिन्न क्षेत्रका ३ जना युवा अगुवालाई युवा शान्ति दुतू को सम्मान प्रदान गर्नु भयो । राष्ट्र निर्माणमा युवा नेतृत्वू बिषयक गोष्टिमा ५ दर्जन युबाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०