३ श्रीमती ५ छोराछोरी, यस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७३, शनिबार ०७:०१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा उनका २ पूर्व श्रीमतीहरु पनि उपस्थति हुने भएका छन्। ट्रम्पकी कान्छी श्रीमती मेलानिया ट्रम्प अमेरिकाको फस्ट लेडीका रुपमा व्हाइट हाउसमा उनीसँगै बस्नेछिन्। उनका २ पूर्व श्रीमतीहरु शपथ ग्रहणमा उपस्थित हुनेछन्।  ४ वटा पति फेरिन् जेठी श्रीमतीले १९७७ मा ट्रम्पले इभाना मेरीसँग बिहे गरेका थिए। अल्फ्रेड विन्कलमायरसँग सम्बन्ध विच्छेद गरेपछि इभानाले डोनाल्डसँग बिहे गरेकी थिइन्। त्यतिबेलाकी चर्चित मोडल इभानाबाट ट्रम्पका २ छोरा र १ छोरी छन्। जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर ३९ वर्षका भए। कुनै समय अमेरिकी रियालिटी शोमा देखिने यी अहिले व्यवसायमा आबद्ध छन्। छोरी इवांका पनि मोडल हुन्। कान्छा छोरा इरिक पनि व्यापारी हुन्। ट्रम्पसँग सन् १९९२ मा सम्बन्ध बिच्छेद गरेपछि इभानाले रिकार्डोसँग बिहे गरेकी थिइन्। तर रिकार्डोसँग पनि उनको सम्बन्ध टिकेन। त्यसपछि रोसानोसँग बिहे गरेकी इभाना सन् २००९ पछि एकल जीवन बताइरहेकी छिन्। उनी व्यापार, साहित्य लेखन र समाजसेवामा सक्रिय छिन्। १७ वर्ष कान्छीसँग गरे दोस्रो बिहे इभानासँग सम्बन्ध विच्छेद भएको १ वर्षपछि नै ट्रम्पले मार्ला म्याप्लेससँग बिहे गरे। मार्ला अमेरिकी अभिनेत्री तथा टिभी प्रस्तोता हुन्। उनी ट्रम्पभन्दा १७ वर्ष कान्छी हुन्। ट्रम्प र  मार्लाकी छोरी टिफानी ट्रम्प अहिले इन्टरनेटको दुनियाँमा मस्त छिन्। २४ वर्षले कन्छी छिन् अहिलेकी पत्नी  सन् १९९९ मा ट्रम्पले इभानासँग सम्बन्ध विच्छेद गरे। त्यसपछि युगोस्लाभियाकी सुपरमोडल मेलानियासँग उनको लामो समय अफेयर चल्यो। सन् २००५ मा उनीहरुले विवाह गरे। ट्रम्प राष्ट्रपति बनेसँगै मेलानिया अमेरिकाको फस्ट लेडी बनेकी छिन्। ट्रम्प र मेलानियाका छोरा बारोन बिलियम ट्रम्प ११ वर्षका भए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१