करौडौको चलखेलमा अर्थ मन्त्रालयका सह-सचिब अर्याल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार १९:१२

काठमाडौँ । नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारीमा जुटेको  छ।

चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव अघि सारेको हो।  तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको सिगात्से ल्याइपुर्याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो।
चिनियाँका अनुसार सगरमाथामा सुरुङ मार्ग बनाएर रेल नेपाल ल्याइनेछ। यो सुरुङमार्फत चीनबाट काठमाडौं आउने रेलको गति एक सय २० किलोमिटर प्रतिघन्टा हुनेछ।
नेपाल सरकारले भने नेपाल – चीन सीमा नाका केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म जोड्ने योजनाअनुसार सम्भाव्यता अध्ययन गरिरहेको छ । यसै सन्दर्भमा नेपाल – चीन सीमा नाका केरुङको जिम्मा चाइना रेलवे इन्टरनेसनल ग्रुप लिमिटेडलाई दिने प्रधानमन्त्री पुष्पकमल दाहालले तोक आदेश जारि गरेका छन् भने उता अर्थ मन्त्रालयका सह-सचिब बैकुण्ठ अर्यालले चाइना CAMC कम्पनीलाई दिनुपर्ने माग गरेका छन् । गोप्य स्रोतका अनुसार अर्यालले चाइना CAMC कम्पनीको एजेन्टहरुको आर्थिक प्रलोभनमा परि प्रधानमन्त्रीको तोक आदेश समेत लत्याएर अर्थ मन्त्रीलाई समेत कन्फ्युजनमा राख्दै रेल ्विभागका डिजीलाई समेत आर्थिक प्रलोभनमा पारेको स्रोतको राष्ट्रिय खबर डटकमलाई बताएको छ ।  चाइना CAMC कम्पनीलाई  रेलवे निर्माण दिने र  करौडौको चलखेलमा अर्याल लागेको स्रोतको दाबि छ । पटक पटक फाइल अगाडी बढाउन अर्थ – मन्त्री महराले भन्दा पनि मन्त्रीको कुरालाई  समेत अर्यालले आनाकानी  गर्दै  आइरहेको स्रोतले बताएको छ । यदि  चाइना CAMC कम्पनीलाई काम दिने हो भने करौडौको चलखेल हुने निश्चित देखिएको छ । यस्ता कार्यमा सरकारले बिशेष ध्यान दिनु जरुरि देखिन्छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१