आइफोन सेभेनको समस्या, बट्टाबाट खोल्नेवित्तिकै सर्पको आवाज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार १२:१९

काठमाडौं । बजारमा आउनेवित्तिकै घण्टौं लाइनमा बसेर एप्पलको आइफोन सेभेन र सेभेन प्लस किन्ने उपभोक्ताहरु समस्यामा फसेका छन् । आइफोन सेभेनमा समस्या आएपछि विश्वभरका उपभोक्ता समस्यामा परेका हुन् । आइफोनको प्रोसेसरमा अनौठो समस्या देखिएपछि आईफोनको विक्रीमा समेत नराम्रो असर पर्ने अनुमान गरिएको छ ।

apple-iphone

सेभेन र सेभेन प्लसमा खरिद गरेका केहि उपभोक्ताले बताए अनुसार नयाँ फोनबाट अनौठो आवाज आउने गरेको छ, जुन सर्पको आवाजजस्तो सुनिन्छ । रिपोर्टका अनुसार यो आवाज एप्पलको ए १० फ्युजन प्रोसेसरकै हुनसक्छ ।

समाचारहरुका अनुसार स्टेफन हैकेट नामका एकजना ब्लगरले आइफोन सेभेनमा यो अनौठो आवाज नोट गरेका थिए । उनले ट्वीटरमा यसको भिडियो लिंक पोष्ट गर्दै लेखेका छन्, ‘मेरो आइफोन सेभेनमा बढी लोड हुँदा निक्कै खराव आवाज उत्पादन भइरहेको छ ।’

एप्पलका पूर्व पिआर तथा अहिले टेकचर्चका लेखक ड्यारल इरिङटनले पनि यो समस्याबारे बोलेका छन् । उनले एक ट्वीटमा भने, ‘भर्खरै बक्सबाट निकालिएको ब्राण्ड न्यु डिभाइसले पनि यस्तै आवाज निकालिरहेको छ ।’

एप्पलले यसबारेमा अझै आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । तर स्टेफन हैकटले भनेका छन् कि एप्पल केयरमा उनले यसबारे कुरा गर्दा उनलाई नयाँ डिभाइस रिप्लेस गर्ने सल्लाह दिइयो ।

वर्ज अनलाइनका अनुसार हिसिङ आवाज वास्तवमा नोइज हो, जुन प्रोसेसरबाट पैदा हुन्छ । रिपोर्टका अनुसार केहि प्रयोगकर्तामा यो समस्या देखिएको छ र आइफोनको पहिलो उत्पादनमा केही गठबडी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०