मुला खानको फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार १२:१५

नेपाली भान्सामा प्रायः नटुट्ने मुला पाइल्स रोग निको पार्ने उत्तम औषधि हो । मुला नियममित खानाले पाइल्स रोग एक महिनामै निको हुने चिकित्सकहरु बताउँछन् । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या एक महिनामै समाधान हुन्छ भने पाइल्स लाग्नबाट नै बच्न समेत सकिन्छ ।

Radish mula

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ ।

चिकित्सकहरुले पनि पाइल्सका रोगीहरुलाई खान सल्लाह दिने गर्दछन् । आखिर मुला नै पाइल्सको अचुक औषधी हुनुको कारण के हो त ?

मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले निष्काशन हुने दिसालाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रिया पनि राम्रो हुन्छ । मुलामा कयौं यस्ता तत्व पाइन्छन्, जुन पाइल्स भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छन् ।

Organic Radish

यसका साथै मुलाले शरीरलाई चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ । अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ ।

Radish mula1

मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न समेत लगाउन लगाउन सकिन्छ । मुला सहज नपाइएमा बजारमा पाइने मुलाको पाउडर समेत प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१