रेमिट्यान्स कम्पनी आईएमईको कस्टमर उपहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार ०९:०४
काठमाडौँ ।  रेमिट्यान्स कम्पनी आईएमईले कस्टमर कार्ड प्रयोगमा ल्याई निश्चित उपहारको व्यवस्था गरेको छ। २०७४ असार मसान्तसम्मका लागि यो योजना लागू हुने कम्पनीले जनाएको छ।
योजनाअनुसार कस्टुमर कार्ड प्रयोग गरी ग्राहकले अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस अंक पाउने छन्। सो अंकमा तोकिएको उपहार प्राप्त गर्न सक्ने छन्।
कस्टमर कार्ड लिइसकेपछि दोस्रो कारोबारको सेवा शुल्कमा ५प्रतिशत छुटको सुविधा दिइने कम्पनीले जनाएको छ। बोनस अंकका आधारमा पेन ड्राइभ, ब्याग, डिसहोम र मोबाईल सेट लगायतका उपहार दिइने आईएमईले जनाएको छ।
शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लामा ५ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिँदै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१