किराना पसल, पान पसल तथा बाटोमा राखिने नाङ्लो पसलबाट चुरोट र खैनी बिक्रीवितरणमा रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार ०९:००

काठमाडौँ  ।  सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने छ र यस्तो पसल छुट्टै सञ्चालन गर्नुपर्ने छ। यो नियम आउने चैत १ बाट कार्यान्वयन हुने छ । किराना पसल, पान पसल तथा बाटोमा राखिने नाङ्लो पसलबाट अब चुरोट बिक्री गर्न पाइने छैन। यस्तै १८ वर्षमुनिका बालबालिकालाई चुरोट बिक्री गर्न नपाइने प्रावधानलाई अझ कडाइ गरिने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१