कार होस् या बाइक यसरी बढाउनुस् माइलेज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार ०८:१०

कुनै नयाँ कार अथवा बाइक किन्दा वा किन्ने सोच मात्र बनाउँदा पनि त्यसले कति माइलेज दिन्छ भन्ने कुरा पहिले हाम्रो दिमागमा आउँछ।

कम्पनीले दाबी गरेअनुसारको माइलेज कार तथा बाइकले नदिने गरेको गुनासो अधिकांश चालकको हुन्छ। तर यसको पछाडि सधैं कम्पनीले झुटो दाबी गर्यो भन्ने हुँदैन। कुनै पनि कम्पनीले सवारीसाधनको माइलेज तोक्दा निश्चित मापदण्डमा आधारित रहेर तोकेको हुन्छ। ती मापदण्ड हामीले पूरा गर्न नसक्दा तोकिएको भन्दा अलग माइलेज देखिन्छ।

कहिलेकाँही चालककै लापरवाहीका कारण पनि माइलेजमा कमी आइरहेको हुन्छ। सवारीसाधनले सामान्य अवस्थामा दिनुपर्ने माइलेजभन्दा पनि कम दिदैं आएको भए, त्यसमा आफ्नो चलाउने तरिका वा साधनको खराबी हुनसक्छ।

सामान्यतया माइलेजको सन्तुलन कायम गर्न निम्न उपाय अपनाउन सकिन्छः

टायर प्रेसर नियमित जाँच गर्नेः
सवारीसाधनको टायर सधैंं सही प्रेसरमा राख्नुपर्छ। सही प्रेसरमा रहेमा तेलको बचत मात्र नभएर सुरक्षा पनि बढ्छ।

टायरमा हावा हाल्ने बेला हामी खासै ध्यान दिदैनौं। कति प्रेसर आवश्यक हो भन्ने नाप्दैनौैं र यसै चलाइरहन्छौं। यसले सवारीमाथि भार पर्छ र जसको प्रत्यक्ष असर माइलेजमा देखिन्छ। त्यसैले समय समयमा टायरको एयर प्रेसर जाँँच्नुपर्छ।

१५ सेकेन्डभन्दा बढी जाममा परे इन्जिन बन्द गर्ने

काठमाडौंको सडकको प्रमुख समस्या जताजतै लामो जाममा बस्नुपर्ने हो। त्यो समयमा सवारीसाधनको इन्जिन बन्द गरे तेल बचाउन सकिन्छ। प्रायः चालकले जाममा पर्दा इन्जिन अफ नगर्नाले तेल त्यसै खेर गइरहेको हुन्छ। विज्ञहरुको रायमा १५ सेकेन्डभन्दा धेरै समयसम्म रोकिएर बस्नुपरे इन्जिन बन्द गर्दा उपयुक्त हुन्छ।

समयमै सवारीसाधनको सर्भिसिङ गराउने
आफ्नो सवारीको नियमित सर्भिसिङ गराउनुपर्छ। सर्भिसिङ सवारीमा आएका कुनै समस्या वा खराबी समाधान हुन्छ।

घरी घरी क्लचको अनावश्यक प्रयोग नगर्ने
अनावश्यक रुपमा पटक पटक क्लच चलाउने गर्दा तेलको खपत त बढ्छ नै साथै क्लच प्लेट पनि विग्रन सक्छ। त्यसैले आवश्यक पर्दा मात्र क्लच प्रयोग गर्ने। जसले गर्दा इन्जिनलाई कम भार पर्छ।

लामो दुरी गर्दा स्पीडमा ध्यान दिने
सवारी चलाउँदा सही स्पीडमा हुनु आवश्यक हुन्छ। मोटरसाइकलको हकमा ५०­–६० किलोमिटर प्रतिघण्टाको स्पीडलाई ‘बेष्ट क्रियुजिङ स्पीड’ मानिन्छ। त्यस्तै कारमा भने ५५ माइल प्रतिघण्टा अर्थात ९० किलोमिटर प्रति घण्टाको स्पीडलाई ‘बेष्ट क्रियुजिङ स्पीड’ मानिन्छ।सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१